माओवादी केन्द्रले बढायो प्रदेश पदाधिकारीको संख्या

इनेप्लिज २०७८ मंसिर २३ गते २२:४४ मा प्रकाशित

काठमाडौं नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ।बिहीबार बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

प्रदेश समितिमा अध्यक्ष,तीन उपाध्यक्ष,सचिव,तीन सहसचिव र कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ।

बैठकले प्रदेश समितिको आकार बढाएर प्रदेश १ मा २६९,प्रदेश २ मा २७१,बागमतीमा २७५,गण्डकीमा २२९,लुम्बनीमा २५३,कर्णालीमा २२१ र सुदूरपश्चिममा २२३ सदस्यीय बनाएको छ।

माओवादी केन्द्रले पार्टी प्रवेश गर्न चाहनेहरुसँग वार्ता गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको वार्ता समितिसमेत बनाएको छ।

प्रतिक्रिया