काठमाडाै।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको दशौं महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने या नउठ्ने विषयमा कुनै निर्णय नलिएको बताएका छन्। महाधिवेशनको पूर्व सन्ध्यामा सम्पादकहरुसँगको अन्तक्रिया गर्दै भने– ‘रावलजीले मलाई चुनौती दिनु भएको छैन।म प्रति उहाँले म प्रति माया,सम्मान देखाउनु भएको छ।’
उनले रावलले आफूलाई दिएको सुझावबाट प्रभावित भएको समेत बताए।महाधिवेशनको सन्दर्भमा सम्पादकहरूसँग अन्तर्क्रियामा ओलीले समझदारी,सहमति र एकता पार्टीमा महत्वपूर्ण भएको बताए।‘यसो गरिरहँदा लोकतान्त्रिक अभ्यासलाई अलिकति नजरअन्दाज गरिँदैन’,उनले भने।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नभइ आफू प्रति माया र सम्मान देखाएको ओलीले बताए।ओलीले प्रतिस्पर्धाको लागि सबैलाई छुट भएको भन्दै कसैलाई करकाप नगर्ने बताएका छन्।प्रतिस्पर्धीकै बीचमा सहमति भएर नेतृत्व छानिने उनको भनाइ छ।
माधव कुमार नेपाललाई पार्टीको कार्यक्रममा निम्तो गर्न सकिएन।साउन २५ गते पार्टीले अनुशासनको कार्बाही गरि निष्कासन गरिसकेकाले उनलाई बोलाउन नमिल्ने बताए ।र एमाले फुटााउनका लागि राजनीति दल सम्बन्धी अध्यादेश ल्याएको आरोप लगााए।उनले एमालेबाट निष्काशित गरेका झुण्डहरुको समूहलाई पार्टी नमान्ने बताए।
प्रतिक्रिया