कलाकार निर्बिज प्रदेशकै कान्छो नगर अध्यक्ष

इनेप्लिज २०७८ मंसिर ७ गते २२:२३ मा प्रकाशित

रौतहट,रौतहटको फतुवा विजयपुर नगरपालिकाको नेकपा एमाले नगर समितिको अध्यक्षमा कलाकार विजय यादव निर्बिज सर्वसम्मत निर्वाचित भएका छन्।बज्जिका भाषामा उपन्यास लेखेका,विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरेका तथा गीतहरु समेत गाएका निर्बिजले अभिनय विधामा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।

नेकपा एमालेको नगर अध्यक्षमा सर्वसम्मत भएका निर्बिजको उमेर ३० वर्ष रहेको छ।अहिलेसम्म अविवाहित निर्बिज पूर्वमन्त्री तथा प्रदेशका प्रभावशाली नेता प्रभु साहका स्वकीय सचिव समेत रहेका छन्।नेपाल चलचित्रकर्मी संघ प्रदेश २ का अध्यक्ष निर्बिजसँगै उपाध्यक्षमा शेरबहादुर पटेल,सचिवमा उमाकान्त दाहाल र सहसचिवमा सञ्जुदेवी साह सर्वसम्मत भएका छन्।

नेकपा एमालेको प्रदेश २ अन्तर्गतका नगर अध्यक्षहरुमा आफू उमेरले सबैभन्दा कान्छो भएको कलाकार निर्बिजको भनाइ छ।

प्रतिक्रिया