काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी दिन नमिल्ने बताएका छन्।
माओवादीसँग विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा आज विज्ञप्ति जारी गर्दै ओलीले द्वन्द्वकालमा भएका मानवता विरोधी गम्भीर घटनामा आममाफी दिने विषयमा सहमति हुन नसक्ने बताएका हुन्।
आफू सरकारमा रहँदा द्वन्द्व पीडितलाई न्याय दिलाउन इमान्दार प्रयत्न गरेको दाबी गरेका छन्।नेपाली कांग्रेस र माओवादीप्रति इंगित गर्दै ओलीले द्वन्द्वमा प्रत्यक्ष संलग्न पक्षहरुको अनिच्छा र परस्पर विरोधी अडानका कारण चाहेर पनि धेरै विषय सम्बोधन गर्न नसकिएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया