काठमाडौं।पतञ्जलीलाई निशुल्क जग्गा दिने उद्घोष गरेका प्रधानमन्त्री शेर बहादुर देउवालाई पूर्व प्रधानमन्त्री एमव् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले कडा रुपमा आलोचना गरेका छन्।
शनिबार ट्विट मार्फत डा.भट्टराईले भनेका छन,ठूलो लगानी हुनसक्ने देशहरूसँग द्विपक्षीय लगानी प्रबर्धनर संरक्षण संझौता (विप्पा) गर्दा दश हात उफ्रेर राष्ट्रघाती भन्ने तर आफु अनुकुलका व्यापारीलाई क्रान्तिकारी घोषित गर्दै सित्तैमा जग्गा दान गर्ने भन्दै प्रश्न गरेका छन् उनले यो कस्तो राष्ट्रवादी विकास नीति हो भन्दै नेताहरूले यस्तै हावादारी कुरा गरेर जनता ठगीरहने भन्दै प्रश्न तेस्राएका छन्।
तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको भारत भ्रमण (३–६ कात्तिक, ०६८) का वेला बिप्पामा नेपालका तर्फबाट उद्योगमन्त्री अनिलकुमार झा र भारतका तर्फबाट उद्योगमन्त्री प्रणव मुखर्जीले हस्ताक्षर गरेका थिए।नेपालले ०३८ सालमा वैदेशिक लगानी खुला गर्ने कानुनी व्यवस्था गरेपछि पहिलोपटक २०४० सालमा फ्रान्ससँग बिप्पा गरेको थियो।बिप्पा भएपछि कूटनीतिक सूचना आदान–प्रदान नगरेसम्म कार्यान्वयन भएको मानिँदैन।भारतसँग १० वर्षका लागि गरिएको सम्झौताविरुद्ध सर्वोच्चमा रिट परेपछि कार्यान्वयन हुन सकेको थिएन।
प्रतिक्रिया