राष्ट्रपतिको पारिवारीक विवरण संकलनसँगै राष्ट्रिय जनगण्ना २०७८ को औपचारिक सुरुवात

इनेप्लिज २०७८ कार्तिक २५ गते १५:२२ मा प्रकाशित
facebook sharing button
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गरेकी छन् । आज (बिहीबार) बिहान शीतल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक विवरण उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी हुन्।

राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२ औं राष्ट्रिय जनगणना सुरु भएको हो । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरूले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिएकी थिइन । मेरो जनगणना, मेरो सहभागिता’ नारासहित सुरु भएको जनगणना २०७८ मंसिर ९ मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना सुरु भएको हो ।

राष्ट्रपति भण्डारीको परिवारिक विवरणपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको जनगणना भइरहेको छ । त्यसका साथै प्रमुख प्रतिपक्ष एमालेका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा जनगणना हुने विभागले जनाएको छ ।

केन्द्रीस्य तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधबार बिहान राष्ट्रपति भवन शितल निवास पुगेका थिए ।

जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरू समावेश गरिएको छ । देशभर गणकहरू जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् ।

‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ । देशभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ

प्रतिक्रिया