राष्ट्रिय युवा संघ नेपाल मोहन्याल—६ को वडा कमिटी गठन

इनेप्लिज २०७८ असोज २२ गते २३:०५ मा प्रकाशित

सोल्टा,असोज २२÷राष्ट्रिय युवा संघ नेपाल मोहन्याल गाउँपालिका वडा नम्बर ६ को वडा कमिटी गठन गरिएको छ।

मोहन्याल गाउँपालिका वडा नम्बर ६ को सोल्टमा शुक्रबार भएको युवाहरुको भेलाले राष्ट्रिय युवा संघको वडा कमिटी गठन गरेको हो।

राष्ट्रिय युवा संघ नेपाल मोहन्याल गाउँपालिका वडा नम्बर ६ ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख अतिथि नेकपा एमाले जिल्ला सचिवालय सदस्य दलबहादुर रावलले युवाहरु समाज परिवर्तनका संवाहक भएकाले समाजमा हुने हरेक गतिविधिमा युवाहरुको निगरानी हुनुपर्ने बताउनु भयो।उहाँले भन्नुभयो— युवा त्यो हो जोसंग सुदृढ सपना र त्यसलाई पुरा गर्ने सहास छ।त्यसैले समाजलाई सकारात्क दिसा तर्फ लैजान युवाहरु एक हुन जरुरी छ।

उहाँले समाज परिवर्तनका लागि युवाहरुलाई एक जुट भएर लाग्न पनि आग्रह गर्नुभएको छ।उहाँले भन्नुभयो— युवा देश निर्माणको मेरुडण्ड हो।त्यसैले विकास निर्माणका हरेक काममा युवाहरुको सक्रय भूमिका हुन आवश्यक छ।

उहाँले समाजमा हुने सामाजिक बिकृति र विसंगतीलाई हटाउनका लागि युवाहरुले पहल गर्न जरुरी भएको बताउँदै गलत कार्यबिरुद्ध युवाहरु एक जुट भएर लाग्नुपर्ने बताउनु भयो।उहाँले भन्नुभयो—समाज सुधारका लागि युवाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ।

युवा संघको भेलामा बेल्दै अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य वीरेन्द्रबहादुर रावलले समाजको मुहार पेर्नका लागि युवाहरु एक भएर लाग्नुपर्ने बताउनु भयो।उहाँले भन्नुभयो—युवा देशको कर्णधार भएकाले विकास निर्माणमा युवा सहभागिता हुन जरुरी छ।

उहाँले युवाहरुलाई स्वरोजगार बनाउनका लागि युवा लक्षित कार्यक्रमहरुलाई प्रभावकारी बनाएर लैजानेमा आफूले पनि सहयोग गर्ने बताउनु भयो।उहाँले भन्नुभयो—युवा बेरोजगारीको अन्त्य गर्नका लागि युवा लक्षित कार्यक्रमा जोड दिनेछु ।उहाँले युवा पलायनलाई रोक्नका लागि पहल गर्ने समेत बताउनु भयो।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य मानबहादुर शाही,एमाले मोहन्याल गाउँ कमिटी अध्यक्ष पूर्ण साउँद,मोहन्याल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष टीका भण्डारी,वडा नम्बर ७ का अध्यक्ष खरप्रसाद अधिकारी,राष्ट्रिय युवा संघ नेपालको कार्यालय सचिव शिवचन्द सोडारी र उज्वल जैशीलगायतकाले शुभकामना दिनुभएको थियो।

मोहन्याल गाउँपालिका वडा नम्बर ६ को सोल्टामा भएको युवा संघको भेलाले कमल रावलको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरेको छ।जसमा सचिवमा उमेश धमला,गौरव सिजापती चयन हुनुभएको छभने त्यस्तै सदस्यहरुमा ताराप्रसाद भण्डारी,भरत नेपाली,जगत विष्ट,जानकी राजी,कल्पना बिक,केशव भूल,जनक जैशी,प्रकास दर्लामीमगर,हस्तबहादुर भर्याङमगर,उग्रबहादुर पुनमगर,प्रविण घर्तिमगर,राजकुमार बिक,लिाला धमाला,हिमाल सलामीमगर,तुल्सी थापा, पवित्रा सर्लामीमगर,बिर्मा थापा,कमल बडुवाल,प्रकाश विष्ट,गौरव धमला,छपी सुनार,धर्मेन्द्र बुढा,भिम कठायत,मिने बिक,शिब बिक,मिने नेपाली,कृष्ण बिक र कल्पना बिक चयन हुनुभएको छ।

राष्ट्रिय युवा संघ नेपाल मोहन्याल गाउँपालिका अध्यक्ष रोशन खनालको अध्यक्षतामा भएको कार्यक्रमको स्वातग मन्तव्य युवा संघ नेपालका जिल्ला कमिटी सदस्य एकेन्द्र रावलले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन शंकर बिसीले गर्नुभएको थियो।

प्रतिक्रिया