काठमाडौं।सर्वाेच्च अदालतको चार जना पूर्वप्रधानन्यायाधीशहरु विरुद्ध दायर भएको अवहेलना मुद्दामा खारेज गरेको फैसला सुनाएको छ। पूर्वप्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी,अनुपराज शर्मा,कल्याण श्रेष्ठ र सुशीला कार्की विरुद्ध अदालतमा विचारधीन मुद्धाका विषयमा बोलेको भन्दै अवहेलना मुद्दा दायर भएको थियो।उक्त मुद्धामा प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा सहितको इजलासले सफाई दिएको हो।
तत्कालिन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गर्ने निर्णय असंवैधानिक भएको दाबी गर्दै पूर्व चार प्रधानन्यायाधीशहरुले विज्ञप्ति जारी गरेका थिए।
अधिवक्ताहरू द्वय लोचन भट्टराई र धनजित बस्नेतले दर्ता गरेको छुट्टाछुट्टै मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदावी नपुगेको ठहर गरेको हो।
भट्टराई र बस्नेतले चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गर्दै मुद्दा दर्ता गरेका थिए।
प्रतिक्रिया