विराटनगर, १३ असोज।प्रदेश नं १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) मानव अधिकार वर्ष पुस्तकबाट नेपालको मानव अधिकारको अवस्था थाहा हुने बताउनु भएको छ।
इन्सेकको टोलीसँग आज मन्त्रालयमा भएको भेटघाट कार्यक्रममा उहाँले बर्ष पुस्तकलाई सरकारले पनि विश्वसनिय प्रतिवेदनका रुपमा लिएको बताउनु भयो।
मन्त्री साम्सोहाङ अन्र्तराष्ट्रिय स्तरमा पनि इन्सेकको राम्रो छवी भएको भन्दै राज्यको संरचना अनुसार समन्वय गर्न सझाव दिनुभयो।
उहाँले तीन तहको सरकार भएकाले सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय आवश्यक रहेको बताउनुभयो।
सो अवसरमा इन्सेक प्रदेश कार्यालयका प्रमुख सोमराज थापा, दातृ संस्थाका तर्फबाट आएको स्वतन्त्र अनुगमन टोलीका नविन सुवेदी, सिर्जना तिम्सीनाको सहभागिता रहेको थियो।
अनुगमन टोलीले असोज १३ गते जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जर्नादन जिसी,राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौलासँग पनि भेटघाट गरेको छ।टोलीले इन्सेकका परियोजना सञ्चालित प्रदेश का मोरङ र सुनसरी तथा प्रदेश २ को सप्तरीका स्थानीय तहहरुमा गएर अनुगमन गर्ने इन्सेक प्रमुख थापाले बताउनुभयो।
प्रतिक्रिया