काठमाडौं।नेपाल बार एसोसिएसन र सर्वाेच्च बारले इमिकस क्युरी नपठाउँदा संवैधानिक इजलास विरुद्ध परेको रिटको सुनुवाई स्थगित भएको छ।
सर्वाेच्च अदालतले संवैधानिक विवादको निरुपण गर्न समस्या देखिएमा इमिकस क्युरी अर्थात अदालतको साथी बोलाउने गर्छ।संवैधानिक परिषद्ले गरेका संवैधानिक नियुक्ति विरुद्धको रिटमाथिको सुनुवाइमा प्रधानन्यायाधीशको स्वार्थ बाझिएकाले प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि उत्पन्न हुँदा प्रधानन्यायाधीशले सो मद्धाको सुरू र फैसलाको दिन आफू नबस्ने भन्दै उक्त निर्णय गर्नु भएको थियो।
उक्त निर्णय संविधान विपरीत भएको दावीसहित अधिवक्ता गणेश रेग्मीले रिट दर्ता गराउनु भएको थियो। न्यायाधीश प्रकाश ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेसी तोकिएको सो मुद्दामाथि सुनुवाइ गर्न एमिकस क्यूरीको बहस नसुनी आदेश दिन नमिल्ने भएकाले आज सुनुवाइ स्थगित भएका सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
।
सुनुवाइको लागि यसअघि हरिप्रसाद फुयालको इजलासले दुवै बारबाट दुई दुई जना वरिष्ठ अधिवक्तासहित चार जना एमिकस क्युरीको रुपमा पठाउन आदेश गरेको थियो ।
सर्वाेच्च बारले पूर्णमान शाक्य र रविनारायण खनाल तथा नेपाल बारले अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्व अध्यक्ष शेरबहादुर केसीको नाम टुंगो लगाए पनि आधिकारिक रूपमा नाम नदिएको बताइएको छ ।
प्रतिक्रिया