सञ्जय मित्र,रौतहट-गत चार वर्षदेखि दलितहरुको आबासको लागि प्रदेशमा ठूलो परिमाणमा रकम आइरहेको भए पनि दलितहरुको बिचल्ली भएको नेता प्रभु साहले बताएका छन्।
गरिब दलितहरुको आफ्नो पुरानो घर उजाडिएको तर नयाँ घर नबनेको अवस्थामा दलितहरुको विचल्ली भएको बताउँदै पूर्वमन्त्री समेत रहेका साहले दलित आबास कार्यालयले तत्काल निर्माणको काम अगाडि नबढाए ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन्
।
रौतहटको देवाही गोनाही नगरपालिकास्थित निर्माणाधीन मधेस संग्रहालयमा दलित आवास निर्माण संघर्ष समिति रौतहटद्वारा आयोजित गरिब दलितलाई आबास व्यवस्थासहित छुवाछुत र विभेद हटाउनका लागि भएको जिल्ला भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले दलित तथा विपन्न समुदायको घर निर्माण सम्बन्धी समस्या प्रदेश सरकारको कारणले लम्बिएको बताएका छन्।
घरको छाना विस्थापित गर्न आउने रकममा पनि चलखेल भई समयमा लक्ष्यित वर्गसम्म पुग्न ढिलाइ हुने गरेको तथा दलितहरुको आबासको कार्यक्रममा प्रदेश सरकारले व्यापक हेलचक्र्याइ गर्ने गरेकोमा अब आफूले सहन नसक्ने बताएका छन्।
दलितहरुको आबास तत्काल बनाउन दबाब दिन असोज १२ मा दलित आबास कार्यालय घेराउ गर्ने तथा असोज १५ गते प्रत्येक पालिका घेराउ गर्ने कार्यक्रम राखिएको बताउँदै नेता साहले दलितहरुको आबास निर्माण तत्काल अगाडि नबढाए दशैँ पछि दोस्रो चरणको ठूलो आन्दोलन गर्ने घोषणा पनि गरेका छन्।
कार्यक्रमलाई विभिन्न दलित नेताहरुका साथै उपेन्द्र साह,चन्देश्वर बैठा,त्रिभुवन साह लगायतले सम्बोधन गर्दै दलित समस्या समाधानको लागि तराई मधेसका दुई लाखभन्दा बढी दलित एकजुट भई आन्दोलन गर्नुपर्ने बताएका छन्।
प्रतिक्रिया