विराटनगर, ७ असोज।नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राज्यले नै मलाई षडयन्त्र गरेर फसाएको बताउनुभएको छ।
विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँग भेटघाटमा आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको भन्दै जनताको हक अधिकारका लागि लड्ने मेरो विरुद्ध अख्तियार मतियार भएर काम गरेको कुरामा जोड दिनुभयो।
मन्त्रिपरिषद्को निर्णय माथि अख्तियारले कारवाही गर्न नमिल्ने र यदि कारवाही नै गर्नु पर्ने भएमा मन्त्रिपरिषद् माथि कारवाही गर्नु पर्ने तर्क गर्दै उहाँले ५० वर्षको राजनीतिक यात्रामा लागेका म थारुका छोरा आदिवासी माथि अख्तियारले अन्याय गरेको धारणा राख्नुभयो।
उन्नाईस महिना पछि आज मेरो राजनीतिक कर्म थलो एवं विपी कोइरालाको जन्म एवं कर्मभूमि मोरङमा उद्घोष गर्न चाहन्छु,‘म अझै ११ वर्ष सक्रिय राजनीतिक गरिरहने छु।’उपसभापति गच्छदारले मलाई न्यायालयले पनि न्याय दिने विश्वास लिएको छु भत्रुभयो।
उहाँले मलाई षडयन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको छ भन्दै जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि आफू लडिरहने बताउँदै बालुवाटार जग्गा प्रकरणमा अख्तियार कठपुतली जस्तो देखिएको कुरामा जोड दिनुभयो।
आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा फाँसी झुण्डिन तयार रहेको धारणा राख्दै उपसभापति गच्छदारले सैद्धान्तिक निर्णयका लागि प्रस्ताव लैजानलाई कारवाही गर्ने र अरुलाई उन्मुक्ति दिने अख्तियार सरकारको योजना अनुसार काम गरेको स्पष्ट पार्नुभयो।
प्रतिक्रिया