विराटनगर,२७ भदौ।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को मोरङ भोलि हुने जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको छ।
राप्रपाका केन्द्रीय सदस्य एवं तराई मधेश प्रमुख दिनेश साहका अनुसार अधिवेशनमा ५९० जना जिल्ला प्रतिनिधिहरुको सहभागीता हुने भनिएको छ।
अधिवेशनको अवसरमा कोरोनाको महामारी फैलिन नदिन स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गराउने र सम्मेलनमा केन्द्रीय तथा प्रदेश तहका नेताहरु सहभागी हुने मधेश प्रमुख साहले बताउनुभयो।
नेतृत्व समेत छनौट हुने अधिवेशनमा जिल्ला अध्यक्षका लागि श्यामबहादुर कार्की,माधव प्रसाद आचार्य प्रतिस्पर्धा हुने अनुमान लगाइएपनि जिल्ला अध्यक्षका लागि थप उम्मेदवार बढ्न सक्ने अवस्था देखिएको छ।
निर्वाचनका लागि आज उम्मेदवारीको मनोनयन पत्र दाखिला १ बजेसम्म समय निर्धारण गरिएको छ।अधिवेशनबाट ५५ सदस्यीय जिल्ला कार्य समिति गठन हुने र राप्रपाको केन्द्रीय महाधिवेशन आगामी कातिक २७ देखि ३० सम्म काठमाण्डौंमा हुने भएकोले जिल्ला अधिवेशनका लागि नेता र कार्यकर्ताहरु क्रियाशील देखिएका छन्।
प्रतिक्रिया