बिग बोस १३ का विजेता तथा अभिनेता सिद्धार्थ शुक्लाको ४० बर्षको उमेरमा निधन

इनेप्लिज २०७८ भदौ १८ गते १२:२९ मा प्रकाशित

बिग बोस १३ का विजेता तथा अभिनेता सिद्धार्थ शुक्लाको ४० बर्षको उमेरमा निधन भएको छ । उनको आकस्मिक निधनले बलिवुड उद्योगलाई आश्चर्यचकित र अत्यन्तै दुखित तुल्याएको छ ।

मुम्बईको कूपर अस्पतालमा उनको गत बिहिबार सेप्टेम्बर २ का दिन मृत्यु भएको पुष्टि गरेको छ । उनको निधन पछि सामाजिक संजालमा अभिनेता ,अभिनेत्री ,कलाकार र यस क्षेत्रमा संलग्न सबैले सिद्धार्थ शुक्लालाई श्रद्धाञ्जलि दिइरहेका छन् ।

कलाकार सिद्धार्थ शुक्लाले राती सुत्नु अघि केही औषधि खाएका थिए तर त्यसपछि उनी फेरी नब्युझीएकोले उनको हृदयघातबाट मृत्यु भएको पुष्टि गरेको छ ।

उनि ‘खतरो का खिलाडी’ को ७ औ मौषममा पनि जितेका थिए । १२ डिसेम्बर १९८० मा मुम्बईमा जन्मेका सिद्धार्थ २००४ बाट दूरदर्शन (टिभी)बाट अभिनय गर्न सुरु गरेका थिए ।

श्रोत : विभिन्न भारतीय पत्रपत्रिकाहरु

प्रतिक्रिया