मौसमको चुनौती बीच ट्रम्पको ‘बिशाल सुन्दर विधेयक’ अघि बढाउने तयारी, मतदान भोली

इनेप्लिज २०८२ असार १८ गते १३:५० मा प्रकाशित

वाशिङ्टन डिसी , जुलाई २ । अमेरिकी सभामुख माइक जोनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक कर र खर्च कटौती विधेयकमा अन्तिम मतदान सम्भवत भोली अर्थात् बिहीबारसम्म हुने बताएका छन्।

“हामी अहिले मौसमका कारण सबै सांसदहरू फर्किन ढिला भइरहेको छ,” लुजियानाका रिपब्लिकन नेता जोनसनले फक्स न्यूजमा भने ।

“तर यदि सदनको उपस्थिति पूरा भयो भने हामी बिहानै नियम समिति पार गर्नेछौं र त्यसपछि विधेयकलाई सदनको तल्लो सदनमा अगाडि बढाउँछौं। आशा छ कि भोलि अर्थात् बिहीबारसम्म यसमा मतदान हुनेछ।”

पूर्वी तटमा आएको आँधीका कारण कयौँ सांसदहरूको उडान ढिलाइ वा रद्द भएको छ, जसले रिपब्लिकनहरूको उपस्थिति र ट्रम्पको ‘ठूलो सुन्दर विधेयक’ शुक्रवारभित्र पारित गर्ने योजना मा प्रभाव पार्न सक्छ।

विधेयकमा कर कटौती, सामाजिक खर्च घटाउने र आर्थिक पुनःसंरचनाको व्यापक प्रस्तावहरू समावेश छन्। ट्रम्पले यस विधेयकलाई आफ्ना समर्थकहरूका लागि ऐतिहासिक कदम भन्दै प्रचार गरिरहेका छन्।

प्रतिक्रिया