विराटनगर,२४ साउन।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५५३ जनामा कोरोना सङ्क्रमण भएको छ।
सो अवधिमा ९९४ जनाको पिसिआर परीक्षण गर्दा ३२१ र ७१४ जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मोरङमा १०५ मध्ये विराटनगरमा ४९, सुनसरीमा ९१, झापामा ८८,इलाममा आठ,धनकुटा,पाँचथर र भोजपुरमातीन तीन, संखुवासभा,खोटाङ र उदयपुरमा दुई दुई र प्रदेश बाहिरका १४ जनामा सङ्कमण देखिएको छ।
सो अवधिमा प्रदेशमा आज ४८१ जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन्। जसमा २१८ महिला र २६३ पुरुष छन्।
पछिल्लो २४ घण्टामा तीन महिला सहित जना जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया