बाल्टिमोरमा कलाकार उषा पौडेल र राहुल केसीको विवाह : परम्परागत हिन्दू समारोह अन्तर्गत बिबाह सम्पन्न

विजय थापा २०८२ वैशाख २९ गते १३:०५ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएका नेपाली चलचित्रकी प्रसिद्ध अभिनेत्री उषा पौडेल र अभिनेता राहुल केसीले विवाह बन्धनमा बाधिएका छन्। अमेरिकी समय अनुसार यो जोडीले गत आइतवार मे ११ का दिन बिहान बाल्टिमोरको नेपाली समुदायद्वारा स्थापित हिन्दू बौद्ध मन्दिरमा पूर्ण हिन्दू परम्परा अनुसार विवाह गरेका छन् ।

विवाहको समयमा नायक राहुल जो दुल्हाका रूपमा प्रस्तुत थिए भने नायिकाउषा जो दुल्हनका रूपमा प्रस्तुत भइन । दुवै जना उत्तिकै खुशी र उत्साहित देखिए। समुदायका सदस्यहरुको उल्लेखनीय उपस्थिति रह्यो । उनीहरुले दुई हप्ता अगाडि स्थानीय अदालतमा कानूनी रूपमा विवाह गरेका थिए ।उनीहरूले हिन्दू धार्मिक विधीहरू पालन गर्दै विवाह गरे।

अमेरिकामा आइतबार छुट्टी परेको हुनाले विवाह समारोहमा दुवै परिवारका सदस्यहरू, नजिकका आफन्त र अमेरिका बसोबास गर्दै आएका कलाकारहरू सहभागी थिए। म्यारिल्यान्ड र न्यूयोर्कका प्रख्यात कलाकारहरू पनि समारोहमा उपस्थित भए।

त्यस्तै गरि आइतवार साँझ नव दुल्हा-दुल्हीले एक विवाह स्वागत समारोह अर्थात् रात्री भोजनको पनि आयोजना गरे।

उषा पौडेलले आफ्नो अभिनय पेशाको शुरुआत २००१ को नेपाली चलचित्र “कर्म”बाट गरेकी थिइन् । उनले मुनामदन, गोधुलि र दैवजस्ता ३० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेकी छन्। उषा पौडेल (जन्म: २९ अगस्त १९७७) एक प्रख्यात नेपाली नृत्याङ्गना र चलचित्र अभिनेत्री हुन्। सन् १९९९ मा लक्ष्मीप्रसाद देवकोटा द्वारा लिखित लोकप्रिय काव्य “मुनामदन” मा आधारित चलचित्र “मुनामदन” बाट उनले विशेष चर्चा पाइन्।

रुक्मिणी कुमारी पौडेल (उषा) नेपालकी एक अत्यन्त सम्मानित र स्थापित अभिनेत्री हुन्। उनले “कर्म”, “मुनामदन”, “गोधूलि”, “तिम्रो माया”, “प्यारी बहिनी”, “गङ्गा”, “जेठो कान्छो”, “राम लक्ष्मण”, “बाज”, “क्रोध”, “माया नगरा”, “ज्वालामुखी” लगायत ३० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेकी छन्। उनले ८ दूरदर्शन (टेलिभिजन) धारावाहिक, ३६ वटा सङ्गीत श्रब्यदृश्य (म्यूजिक भिडियो) र दर्जनौँ विज्ञापन फिल्महरूमा पनि काम गरेकी छन्। छोटो समयमै ठूलो प्रशंसक बनाएकी उषा प्रतिभाशाली कलाकारको रूपमा परिचित छिन्।

सन् २००३ मा एक दूरदर्शन धारावाहिक (टेलिभिजन) श्रृंखलामा उत्कृष्ट अभिनयका लागि उनले “श्रेष्ठ अभिनेत्री” को पुरस्कार प्राप्त गरेकी थिइन्। साथै, उनको चलचित्र “मुनामदन” सन् २००४ मा नेपालबाट ओस्कारको लागि छनोट भएको थियो। उनले विश्वका विभिन्न देशमा मञ्चीय प्रस्तुति दिँदै आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरेकी छन्, जुन निकै प्रशंसनीय भएको थियो। नेपालका तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले उनको योगदानको सम्मान गरेका थिए।

साथै अभिनयको लागि भारतको मुम्बई समेत पुगी त्यहाँ तालिम लिई केही भारतीय धारावाहिकहरुमा समेत अभिनय गर्ने मौका पाइन् । त्यस पछि उनि नेपाल फर्के पछि अमेरिका आएकी हुन् ।

यसै गरि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका अभिनेता राहुल केसीले “नागरिक” र “किसान” जस्ता महत्त्वपूर्ण चलचित्रहरूमा अभिनय गरेका छन्। उनी अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज( इनास )का अध्यक्ष पनि हुन्। राहुल र उषा दुवै लामो समयदेखि अमेरिका में बसोबास गर्दै आएका छन्। उनीहरूले नेपाल र अमेरिका दुवैबाट कलाकारहरूलाई आफ्नो विवाहमा आमन्त्रित गरेका थिए। साथै राहुल घरखरिद बिक्री (रियल्टर )पनि हुन् ।

दुवै कलाकारहरुको यो दोश्रो बिबाह हो । साथै केसी अमेरीकाबाट संचालित ईनेप्लिजसँग समेत जोडिएका छन् । उनि मेरिल्याण्ड राज्यका लागि ईनेप्लिजका सहयोगी पनि हुन् ।

ईनेप्लिज परिवारको तर्फबाट नव दम्पत्तिलाई शुभकामना सहित हार्दिक बधाई !

श्रब्यदृश्य (भिडियो )हेर्न यहाँ थिच्नु होला :

https://www.facebook.com/share/v/18sjAPZukL

https://www.facebook.com/share/v/15aM4Xdi2p

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया