इजरायलद्वारा गाजा युद्ध रोक्ने घोषणा, अमेरिकी बन्धक एडन एलेक्जान्डरको रिहाइको तयारी

इनेप्लिज २०८२ वैशाख २९ गते १२:२५ मा प्रकाशित

अमेरिकी-इजरायली बन्धक एडन एलेक्जान्डरको रिहाको कारण इजरायलले गाजा युद्ध रोक्ने घोषणा गरेको छ । एलेक्जान्डर जो ७ अक्टोबर २०२३ देखि गाजा पट्टीमा हमासद्वारा बन्धक बनाइएका छन् । उनि सोमवार पछि रिहा हुनेछन्। यो रिहाइ अमेरिकी र प्यालेस्टानी समूह बीचको सफल वार्ताको परिणाम हो।

इजरायली सुरक्षा अधिकारीहरूले एबीसी न्युजलाई बताए अनुसार गाजा क्षेत्रमा जहाँ एलेक्जान्डरलाई रिहा गर्न लागिएको ले त्यहाँ लडाइँ, हवाई आक्रमण र हवाई अनुगमनमा अस्थायी विश्राम दिइनेछ।

अधिकारीहरूले भने अनुसा यो विश्राम एलेक्जान्डर इजरायली क्षेत्र पार नगर्दासम्म जारी रहनेछ जुन ३० मिनेटभन्दा कम समय लिने अनुमान गरिएको छ।

यता हमासले गत आइतबार अमेरिकी नागरिकलाई रिहा गर्ने घोषणा गरेको थियो । हमासले गत आइतबार एक वक्तव्य जारी गर्दै “इजरायली सैनिक एडन एलेक्जान्डर, जो द्वैध अमेरिकी नागरिक हुन्, उनलाई रिहा गर्नु युद्धविरामको सम्झौतामा हुने कदमहरूको एक भाग हुनेछ।”,वक्तव्यमा भनिएको छ ।

हमासले अमेरिकी अधिकारीहरूसँग “अघिल्ला केही दिनहरूमा” युद्धविराम सम्झौताका लागि संवाद गरिरहेको समेत उल्लेख गरेको छ ।

एडन एलेक्जान्डर, जसको द्वैध अमेरिकी र इजरायली नागरिकता छ । इजरायली सेनामा सेवा गर्दै थिए र उनि गाजा नजिकको क्षेत्रमा तैनाथ थिए । हमासले उनलाई ७ अक्टोबर २०२३ मा अपहरण गरेका थिए।

स्रोतका अनुसार रिहाइको तयारी अघि ट्रम्प प्रशासनका मध्य पूर्वका दूत स्टीव विटकोफ सोमबार बिहान टेल अभिभ पुग्नेछन् । यो कदम “पूर्ण सद्भावना सन्देश” को रूपमा लिइएको छ ।

प्रतिक्रिया