ट्रम्पद्वारा कतारबाट उपहारको रूपमा विमान प्राप्त गर्ने योजना घोषणा : राष्ट्रपतिको बिशेष बिमान (एयर फोर्स वनको विकल्प)

इनेप्लिज २०८२ वैशाख २९ गते ११:२३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार राती अमेरिकी रक्षा विभागले बोइङ ७४७-८ विमानलाई “उपहार, निःशुल्क” रूपमा स्वीकृति दिने योजना बनाएको बताए ।

जुन एयर फोर्स वन(राष्ट्रपतिको बिशेष बिमान)को रूपमा राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा प्रयोग गरिनेछ।

सिएनएनले आइतबार समाचार प्रकाशित गरे अनुसार, ट्रम्प प्रशासन कतारी शाही परिवारबाट एक बिलासिता (महँगो) विमान प्राप्त गर्नको लागि तयारी अवस्थामा थियो, जसलाई अमेरिकी राष्ट्रपतिको बिशेष बिमान (एयर फोर्स वन)को रूपमा पुन: स्थापना र प्रयोग गरिनेछ।

यो विमान अमेरिकी रक्षा बिभागमा हस्तान्तरण हुनेछ र त्यसपछि सुरक्षा विशेषता सहित राष्ट्रपति ट्रम्पको उपयोगको लागि प्रयोग गरिनेछ।

ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसल प्रकाशित गर्दै भने यो बहु मिलियन डलरको विमान अस्थायी आधारमा प्रयोग गरिनेछ । यो “धेरै सार्वजनिक र पारदर्शी लेन-देन” हुनेछ।

ट्रम्प सोमबार आफ्नो पहिलो प्रमुख विदेश भ्रमणमा अन्तर्गत कतारको दोहा जाने छन् । बोइङ ७४७-८ जस्तै विमानको विशाल मूल्यलाई ध्यानमा राख्दा, यो कदम अनपेक्षित छ र यसले नैतिक र कानूनी सवालहरू उठाएको छ।

कतारी अधिकारीहरूका अनुसार यो विमान कतारी रक्षा मन्त्रालयबाट पेन्टागनलाई उपहारको रूपमा दिइएको हो, र यो एक सरकारसँग सरकारको लेन-देन हो, व्यक्तिगत रूपमा होइन।

रक्षामन्त्रीले विमानलाई ट्रम्पको राष्ट्रपति कार्यालयको उपयोगका लागि अनुकूलित गर्ने योजना बनाएका छन्। ट्रम्पले कार्यालय छोडे पछि यो विमान ट्रम्पको राष्ट्रपति पुस्तकालयमा दान गरिनेछ ।

“यस विमानको अस्थायी प्रयोगका लागि प्रस्ताव अहिले कतारी रक्षा मन्त्रालय र अमेरिकी रक्षा विभाग बीच विचाराधीन छ, तर यो मुद्दा सम्बद्ध कानूनी विभागहरूद्वारा समीक्षा भइरहेको छ र कुनै निर्णय लिइएको छैन,” कतारका संचार माध्यमका अली अल-अन्सारीले आइतबार भने।

अमेरिकी गोप्य सेवा विभागमा बिदेशी सरकारद्वारा राष्ट्रपतिको लागि उपयोगका लागि विमान उपहार दिने सम्भावनालाई “सुरक्षा संकट” का रूपमा हेरिएको छ।

डेमोक्र्याटहरूले यस समाचारको आलोचना गरेका छन् । डेमोक्र्याटिक राष्ट्रिय समितिले यसलाई ट्रम्पको “अन्तिम ठगी” का रूपमा वर्णन गर्दै समाचार विज्ञप्ति जारी गर्यो।

ट्रम्पले डेमोक्र्याटहरूको आलोचनालाई आफ्नो ट्रुथ सोसल मार्फत अस्वीकार गरे ।

प्रतिक्रिया