अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार साउदी अरबको लागि प्रस्थान गर्न गर्ने भएका छन् । जुन उनको दोस्रो प्रशासनको पहिलो अन्तर्राष्ट्रिय यात्रा हुनेछ। राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालको आरम्भमा पनि साउदी अरबलाई पहिलो यात्रा गएका थिए, जुन परम्परागत रूपमा अमेरिकी राष्ट्रपतिहरूको पहिलो विदेश यात्रा बेलायत (युनाइटेड किंगडम)मा हुने हो।
साउदी अरब यस हप्ताको मध्यपूर्वको चार दिने भ्रमणको पहिलो गन्तव्य हुनेछ।
“पछिल्लो पटक साउदी अरब गएको बेला, उनीहरूले ४५० मिलियन डलर लगानी गरे,” ट्रम्पले मार्चमा पत्रकारहरूसँग भनेका थिए । यसैबीच उनले भविष्यमा फेरि अमेरिकन प्रतिष्ठानहरूमा लगानी गर्ने शर्तमा पुनः सो यात्रा गर्ने प्रतिबद्धता जनाएका थिए। जनवरी महिनामा ट्रम्पको कार्यभार ग्रहण गरेपछि साउदी राज कुमारमोहम्मद बिन सलमानले आगामी चार वर्षमा अमेरिकामा ६०० बिलियन डलरको लगानी गर्ने प्रतिवद्धता जनाएका थिए।
साउदी अरब ट्रम्प प्रशासनको लागि कूटनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ, विशेष गरी मध्यपूर्वमा चलिरहेको तनाव र इजरायल-हमास युद्धको बीचमा। यस वर्ष ट्रम्प प्रशासनले साउदी राजधानी रियाधमा रूससँग यूक्रेनको युद्ध अन्त्य गर्ने उपायहरूको बारेमा वार्ता गरेको थियो । र प्रशासनले गाजा युद्ध जस्ता विभिन्न मुद्दामा साउदी अरबको सहयोग खोजिरहेको छ।
सिबिएसन्यूजका अनुसार तर, यो भ्रमण व्यवसायिक लगानीमा पनि केन्द्रित हुने अपेक्ष गरिएको छ। ट्रम्पले फेब्रुअरीमा मियामीमा आयोजित एक लगानी सम्मेलनमा बोल्दै साउदी सरकारका निकायहरूद्वारा प्रायोजित कार्यक्रममा सहभागी भएका थिए । र ,ट्रम्प संगठनले साउदी अरबमा आफ्नो घर निर्माण व्यवसाय (रियल इस्टेट )साम्राज्य विस्तार गर्ने प्रयास गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मध्यपूर्वसँगका सम्बन्धलाई सुदृढ गर्न चाहन्छन्।
“राष्ट्रपति आफ्नो ऐतिहासिक मध्यपूर्वको पुनः आगमनको प्रतिक्षा गरि रहेका छन् , जहाँ उनले साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्दै, हाम्रो राष्ट्रहरू बीचका सम्बन्धलाई अझ बलियो बनाउने प्रयास गर्नेछन्,” ह्वाइट हाउसकी छापा सचिव क्यारोलिन लेभिटले शुक्रबार भनिन्। “आठ वर्ष अघि राष्ट्रपति ट्रम्पको पहिलो यात्रा यसै क्षेत्रतिर भएको थियो, जहाँ उनले आफ्नो ‘शक्ति मार्फत शान्ति’ कूटनीतिक रणनीतिलाई प्रस्तुत गरेका थिए।”
ट्रम्प प्रशासनले आफ्नो पहिलो कार्यकालको दौरान इजरायल र केहि अरब देशहरू बीच कूटनीतिक प्रगति हासिल गरेको थियो, जसलाई “अब्राहम एकोर्ड्स” शान्ति भनिन्छ। आठ वर्षपछि, जब प्रशासनले उक्त सम्झौतामार्फत अझ विस्तार गर्ने लक्ष्य राखेको छ, लेभिटले भनिन् । ट्रम्प यस क्षेत्रतिर फर्केर “प्रगति र समृद्धिको लागि आफ्नो दृढ दृष्टिकोणलाई पुनः सशक्त पार्नका लागि यात्रा गर्दैछन्, जहाँ अमेरिका र मध्यपूर्वका राष्ट्रहरू सहकार्यका आधारमा एकअर्कासँग जोडिएका छन्, र जहाँ चरमपन्थलाई पराजित गरी व्यापार र सांस्कृतिक आदानप्रदानको स्थानमा परिवर्तन गरिएको छ।”
विदेश सचिव मार्को रुबियो ट्रम्पसँग साउदी अरब र कतार भ्रमणमा सामेल हुनेछन्, जहाँ उनीहरूले “अमेरिका र खाडी मुलुकका साझेदारहरू बीचका सम्बन्धलाई बलियो बनाउने प्रयास गर्नेछन्”। रक्षा सचिव पीट हेगसेथ पनि यस यात्रासंग राष्ट्रपति ट्रम्पसँग सामेल हुनेछन्। ट्रम्प कतारको अमेरिकी सैनिक अड्डा अमेरिकी सैनिकसँग भेट गर्ने अपेक्षा गरिएको छ।
यस यात्रा दौरान ट्रम्प इजरायलको भ्रमण गर्ने छैनन्, जुन उनको पहिलो कार्यकालको विपरीत हुनेछ।
यसैबीच, कतारी शाही परिवारले राष्ट्रपति ट्रम्पको विशेष उपयोगका लागि एक जम्बो जेट (बिलासिता बिमान)दान गर्ने घोषणा गरेको छ। यो विमान ट्रम्पको भविष्यको राष्ट्रपति पुस्तकालयमा दान गरिनेछ ।
प्रतिक्रिया