काठमाडौं।जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोग समक्ष गल्ती महसुस भएको बताएका छन्।
आयोग पदाधिकारीसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महशुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन।जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरधनीलाई झण्डावाल गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए।
आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई कार्यालयमा बोलाएर छलफल गरेको हो।मन्त्री श्रेष्ठलाई बोलाएर हिजो स्पष्टिकरण मागेको आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले जानकारी दिनुभयो।
तनहुँकी रुपा सुनारले जातकै आधारमा आफूलाई कोठा नदिएको भन्दै काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध महानगरीय प्रहरी वृत सिंहदरबारमा उजुरी दिएका थिए।
उजुरी गरेको ३ दिनपछि प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो।धरौटीमा रिहा भएपछि प्रधानलाई लिन मन्त्री श्रेष्ठ सरकारी गाडी लिएर पुगेका थिए।
प्रतिक्रिया