अनुमति पाए २ दिनमै कोभिडको खोप ल्याउने : अरुण सुमार्गी

इनेप्लिज २०७८ जेठ ३० गते १२:४२ मा प्रकाशित

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि तथा अनुसन्धान समितिका सभापति ले कोरोनाको महामारीमा फ्रन्ट लाइनमा उभिएर काम गर्ने जिल्लाका व्यवसायीहरुलाई खोप लगाउने लगायतका काममा उपेक्षा गरिएकोमा महासंघको नेतृत्त्वप्रति असन्तुष्टि जनाएका छन्।

कोरोनाको महामारीमा समेत जिल्लाका व्यवसायीहरु राहत वितरण तथा नियमित काममा हिडिरहेको तर महासंघको केन्द्रिय नेतृत्त्वले उनीहरुलाई कोरोनाको खोप लगाउनलाई चाँसो नदिएकोमा सुमार्गीले असन्तुष्टि जनाएका हुन्।

कोरोनाको रोकथाम तथा नियन्त्रणमा काठमान्डूका व्यवसायीहरु झैं जिल्लाका व्यवसायीहरुले पनि ठुलो योगदान पुर्याएको तर कोरोनाको खोप लगाउने कुरामा उनीहरुलाई उपेक्षा गरिएको सुमार्गीको आरोप छ।

‘कोभिड १९ को पहिलो लहरमा होस वा दोस्रो लहरमा उद्योगी व्यवसायीहरुले आफ्नो बलबुता र क्षमताले भ्याएसम्म आम नागरिकलाई कोभिड १९ को नियन्त्रण, संक्रमण रोकथाम, उपचार र उपचार पछिको पुनरोत्थानमा पनि सहयोग गरिरहेका छन’ उनले भने, ‘यो सहयोगको क्रम अहिले पनि जारी नै रहेको छ, तर अहिले सरकारले कोभिड १९ को भ्याक्सिन लगाउनमा यो समुहलाई उपेक्षा गरिरहेको छ।’

कोभिड १९ को नियन्त्रणको लागि अग्रपक्तिमा खटिने समुह जस्तै गरी यो समुह खटिएको छ, तर अहिलेसम्म पनि कोरोनाको खोप लगाउने प्राथमिकतामा यो समुह नर्पनुु दुुखद भएको उनको भनाई छ।

उनि अगाडी थप्छन्, ‘हाम्रो योगदानलाई सरकारले कतिको कदर गर्यो त्यो त पछि कुरा गरौंला तर नेपालभर जिल्ला र नगरमा हामी उद्योगी व्यवसायीहरू ग्याँस प्लान्टदेखि आइसोलेसनसम्म बनाउदै सहयोग गर्दै हिड्नेलाई कोभिडको खोप पनि दिनुुपर्छ भन्नेमा सरकारको त परको कुरा, आफ्नै महासंघको नेतृत्त्वको समेत पहल नभएको देख्दा दुख लाग्छ।’

महासंघले नेतृत्त्व लिएर नेपालभर जिल्ला र नगरका व्यवसायीलाई कोरोना बिरुद्दको खोप लगाउनुपर्नेमा केन्द्रका केहि व्यवसायीले सरकारको शक्तिको राप ताप्ने र सिंहदरबार र बालुवाटारमा मात्रै घुम्ने काम गरेको उनले आरोप लगाए।

सरकारले पनि प्राथमिकता नदिने र महासंघले पनि अभिभावकको भूमिका निर्वाह नगर्ने हो भने आफुहरुलाई कोरोनाको खोप ल्याउन बाटो खोलिदिन समेत सुमार्गीले आग्रह गरेका छन्।

सरकारले र महासंघले सक्दैन भने हामीलाई बाटो खोलिदिनुपर्यो, दुई दिनमा नेपालमा कोरोना बिरुद्दको खोप ल्याउछौं र उपेक्षामा परेका जिल्ला र नगरका व्यवसायीहरुलाई खोप लगाउछौं उनले भने।

उद्योगी व्यवसायीहरुले आफ्नो छाता संगठन नेपाल उद्योग बाँणिज्य महाँसघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कर्मश, सहितका दर्जनौं संघसंगठनहरुले कोभिड १९ को नियन्त्रण तथा उपचारको लागि आवस्यक स्वास्थ साम्रागी, दैनिक उपभोग्य बस्तु सहितका खाद्य सामाग्री, स्वास्थ परामर्श तथा उपचारको लागि टेलि हेल्थ सेन्टर आदि सञ्चालन गरेर बिश्व महामारी नियन्त्रणमा हातेमालो गरि रहेका छन।

तर केन्द्रको नेतृत्त्वले नै जिल्ला र नगरका व्यवसायीलाई कोरोना बिरुद्दको खोप लगाउने काममा बेवास्ता गरेपछि उनीहरु नेतृत्त्वसँग रुष्ट भएका हुन्।

प्रतिक्रिया