कबिता : तिम्रो हुन सकिन म

शारदा केसी २०७८ जेठ २८ गते २३:४७ मा प्रकाशित

 

काडाँको दुनियाँ रमाइलो छ
फुल बन्न चाइन म
मुटु भरि तिम्रो माया हुँदा हुँदै
पनि तिम्रो हुन सकिन म

बाध्यतामा विवश भई
टाढा हुनु कहरमा थिए म
तिम्रो मेरो सम्बन्धमा शत्रुले
औला उठाउए

अर्काको माया अनि खुशीको
तगारो हुन पनि चाइन म
मुटु भरि तिम्रो माया हुँदा हुँदै
पनि तिम्रो हुन सकिन म

अमर कोही छैन यहाँ एक दिन
मरेर जाने जीवन न हो
जीवन यस्तै छ यहाँ बगि जाने
खोलाको पानी जस्तै न हो

तिमि भयौ टाढा नजिक
हुन चाइन म
मुटु भरि तिम्रो माया हुँदा हुदै
पनि तिम्रो हुन सकिन म

खुशी हाँसो सुखको जीवन
जिउन चाइन म
दुःख आँसुमै डुब्न चाहे म
मुटु भरि तिम्रो माया हुँदा हुँदै
पनि तिम्रो हुन सकिन म

मायाको सुन्दर सन्सारमा
रमाउन नि चाइन म
उजाड उजाड मरुभूमि नै चाहे
घामको ज्योति जस्तै उज्यालो
हुन पनि चाइन म
सुनसान अधेरी रात नै चाहे

काडाँको दुनियाँ नै रमाइलो छ
फुल बन्न चाइन म
मुटु भरि तिम्रो माया हुँदा हुँदै
पनि तिम्रो हुन सकिन म ॥

प्रतिक्रिया