हार्दिक बधाई तथा शुभकामना

इनेप्लिज २०७८ जेठ २८ गते १:४९ मा प्रकाशित


अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) का सस्थापक मध्येका एक हाल अनेसास BOT का सह अधक्ष श्री पुरु सुबेदी ज्यु नेपाली ससमुदायिक केन्द्र (NACC )को (BOT secretary )जस्तो गरिमामय पदमा निर्बिरोध निर्बाचित हुनुभएकोमा अनेसास डिसी उहाँ प्रति हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्न चाहन्छ।नेपालको पश्चिमी भूभाग म्याग्दीमा जन्मिएर हाल अमेरिकाको भर्जिनियामा बसोबास गरिरहनुभएका श्री पुरु सुबेदी हाम्रो समुदायलाई एकताको बलियो डोरीले बाँधेर “नेपाली पहिचानलाई दिगो र जिवन्त राखौ” भन्ने मूल नाराका साथ् यस अभियानको नेतृत्व गरिरहनुभएको छ।

तपाइँको पारिवारिक छत्रछायाँमा मौलाएको हाम्रो अन्तराष्ट्रिय नेपाली साहित्य समाज तपाइलाई हार्दिक बधाई व्यक्त गर्दछ।हामी ढुक्क छौँ कि नेपाली समुदायले यहाँलाई सदा स्मरण गर्ने छ।अत्यन्तै मृदुभाषी मिलनसार र सहृदयी अनेकतामा एकता देख्नु हुने हजुरले पाउनु भएको यो जिम्मेवारीलाई सफलता पूर्वक निभाउन सक्नुहोस् भन्ने हामी सबैको सुभेक्षा छ।र अन्त्यमा फेरिपनि यहाँलाई अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसिको तर्फबाट बिशुद्ध नेपाली सामाजिक सस्थाको जिम्मेबारिलाई हृदयङ्गम गरी नेपाली पहिचानको बिशुद्ध मनोभावनालाई सगरमाथाको ऊचाइ जस्तै बनाउदै अटल आस्था र दृणता प्रदान गरी साबै सामु यौटा नौलो आयाम् र ज्वलन्त उदाहरण बन्नु हुनेछ भन्ने कुरामा हामी बिश्वस्त छौँ।हामी यहाँको सफल कार्यकालको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछौ।

धन्यवाद।
मुकुन्द कोइराला
महा -सचिब
अनेसास वासिङ्टन डिसि परिवार

 

प्रतिक्रिया