महामारीको लडाँईमा गैरआवासीय नेपालीले गरेको सहकार्य प्रशंसायोग्य

इनेप्लिज २०७८ जेठ २४ गते २३:०९ मा प्रकाशित

लण्डन।स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले नेपालमा तत्काल खोप ल्याउन प्रशस्तै जटिलता भएको बताउनुभएको छ।गैरआवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री तामाङले नेपाल सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको र त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको भएपनि खोपको उपलब्धता लगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने बताउनुभएको हो ।यद्यपी बेलायत अमेरिका लगायतका मुलुकले कोभ्याक्स अन्तर्गत उपलब्ध गराउने भनेर व्यक्त प्रतिबद्धताले केही राहत मिल्ने उहाँले बताउनुभयो।खोप खरीदका सरकार प्रतिबद्ध रहेको र खरिदका लागि कुनै व्यवहारिक समस्या नभएपनि खोप निर्माण भइरहेका मुलुकहरु आफैँ महामारी नियन्त्रणमा केन्द्रित भएकोले समस्या परेको उहाँको भनाई छ।

अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डर लगायतका अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउन विदेशस्थित नेपाली समुदायले देखाएको तदारुकताको प्रशंसा गर्दै मन्त्री तामाङले आगामी दिनमा खोप खरीद लगायतका अन्य विषयमा गैरआवासीय नेपाली संघसँग सहकार्य जारी राख्ने बताउनुभयो।

त्यसका लागि आफू रहेको देशबाट खोप ल्याउनका लागि पहल गर्न उहाँले गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गर्नुभयो।फरक प्रसंगमा मन्त्री तामाङले गैरआवासीय नेपालीहरुको नागरिकता लगायतका मागलाई सम्बोधन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पछिल्लो कठिन समयमा नेपालमा अक्सिजन कन्सन्ट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पठाउन गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सोही किसिमको सहयोगका लागि आह्वान गर्नुभयो।

महामारीका समयमा देशमा उपलब्ध स्रोत साधन मात्रै पर्याप्त नहुने भएकोले पनि सकै नेपालीले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो।महामारीका समय नेपालीलाई बचाउने अभियानमा संलग्न सबैको योगदान स्वर्ण अक्षरमा लेखिने र यसको उच्च मुल्यांकन हुने उहाँको भनाई थियो।

यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले मुलुक अप्ठ्यारोमा परेको बेला गैरआवासीय नेपालीहरुले देशलाई सघाउने संस्कार बसिसकेको बताउनुभयो।नेपाल सरकारसँग सहकार्य गरेर खोप नेपालमा पठाउन तयार रहेको भन्दै उहाँले खोप खरिद का लागि सरकारलाई प्रस्ताव समेत गरेको बताउनुभयो।अध्यक्ष पन्तले विदेशमा विचल्लीमा परेका नेपालीहरुको उद्धारको लागि नेपाल सरकारले नयाँ नीति बनाउनु पर्नेमा जोड दिनुभयो।उहाँले विश्व श्रमबजारमा रहेका नेपालीमा भोकमरीको समस्या आउन सक्ने बताउँदै नेपाल सरकारले तत्काल नेपाल फर्किनको लागि वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपालीहरुले नेपालको खुशी र दुःख दुवैमा साथमा दिएको बताउनुभयो । डा. महतोले नेपालको महामारीको लडाँईसँग लड्नका लागि अरुको अनुदान र सहयोगको मात्रै भर पर्नुपरेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गरेर नेपाललाई ‘माग्ने होइन दिने’ देशका रुपमा परिणत गर्नुपर्नेमा जोड दिनुभयो।

एनआरएनए फाउण्डेसनका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष जीवा लामिछानेले फाउण्डेसनले नेपालमा ७ वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापनाको काम अघि बढाएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा ४ वटा अक्सिजन प्लान्ट र बाँकी ३ वटा प्लान्ट दोस्रो चरणमा स्थापना गर्ने गरि कामअघि बढेको बताउनुभयो । उहाँले दाताहरुको इच्छा अनुरुप नेपालमा अक्सिजन प्लान्ट स्थापनाको लागि नेपाल सरकारलाई सहयोगको लागि आग्रह गर्नुभयो।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा।बद्री केसीले चीनमा रहेका नेपालीहरुको सहयोगमा स्वास्थ्य सामाग्री नेपाल पठाइएको र अन्य चरणमा क्रमशःसामाग्री पठाउने तयारी भइरहेको बताउनुभयो।उहाँले गैरआवासीय नेपालीहरुले पठाएको अक्सिजन कन्सन्ट्रटेरले मानिसहरुको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि अन्तिम विकल्प खोप मात्रै भएको भन्दै उहाँले खोप नेपाल पठाउन संघले हरसम्भव पहल जारी राखेको र त्यसमा नेपाल सरकारले पनि आफूहरुसँग सहकार्य गर्नुपर्ने उल्लेख गर्नुभयो।तत्कालका लागि स्वास्थ्य सामाग्री मात्रै नभई खोप नेपाल पठाउन आफूहरुले गर्न सकिने सबै खाले पहल थाल्न ढिलो गर्नु नहुने डा केसीको भनाई थियो।संघका महासचिव डा. हेम राज शर्माले कोभिड–१९ को विश्वव्यापी संक्रमणपछि गैरआवासीय नेपाली संघले २ सय ५० जना चिकित्सकहरु परिचालन गरेको जानकारी दिनुभयो । महासचिव शर्माले ५० देशमा २५ सय स्वयं सेवक परिचालन गरेर करिब २ लाख नेपालीहरुलाई प्रत्यक्ष सहयोग गरेको जानकारी दिनुभयो।

उहाँले नेपालमा कोरोना भाइरसको दोस्रो लहर आएपछि गैरआवासीय नेपाली संघले नेपाल सरकारको आग्रहमा नेपालमा अक्सिजन पठाउन सुरु गरिएको बताउनुभयो । नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियान अन्तर्गत विभिन्न मुलुकमा रहेका नेपालीहरुको सहयोगमा अक्सिजन कन्सन्ट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउन सफल भएको र आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि संघ प्रयत्नरत रहेको उहाँको भनाई थियो।

गैरआवासीय नेपाली संघको सक्रियतामा विदेशस्थित कुटनीतिक नियोग र संघ—संस्थाहरुको सहयोगमा पठाएका अक्सिजन कन्सनट्रेटर नेपाल सरकारलाई औपाचारिक रुपमा हस्तान्तरण भइसकेको भन्दै सबै गैरआवासीय नेपालीलाई उहाँले महामारीकै कहरमाझ भएपनि मुलुकप्रतिको जिम्मेवारी पूरा गर्ने यस अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले बेलायतमा रहेका नेपाली समुदायले एनआरएनएलाई विश्वास गरेर दिनुभएको आर्थिक सहयोगबाट प्राप्त कन्सरट्रेटर दुई हप्ताभित्रमा नेपाल सरकार समक्ष पु¥याउन सफल भएको भन्दै सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले बेलायतका ९३ वटा संघसंस्था र ४४ जना व्यक्तिबाट अक्सिजन कन्सनट्रेटर किन्नको लागि २ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता आएको जानकारी दिनुभयो ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियका अध्यक्ष केशव कंडेलले ने अब अक्सिजन कन्सरट्रेटर अभाव नहुने बताउँदै थप सहयोगको लागि सरकारले नयाँ क्षेत्र खोज्नुपर्ने बताउँनुभयो । उहाँले विदेशमा संकलन भएको सहयोग जहाँको लागि भनेर संकलन भएको हो त्यही स्थानसम्म पुर्याउन नेपाल सरकारलाई आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यानाडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले गैरआवासीय नेपाली समुदायको सहयोगमा ७५ वटा अक्सिजन कन्सनट्रेटर नेपालमा पठाएको जानकारी दिनुभयो।कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्ष हरि न्यौपानेले स्वास्थ्य सामग्रीको वितरण प्रभावकारी हुनु पर्नेमा जोड दिनुभयो।

यस्तै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष प्रदिप न्यौपानेले महामारीसँग लड्न जस्तोसुकै सहयोगका लागि तयार भएको बताउनुभयो ।विश्वका ८३ मुलुकस्थित गैरआवासीय नेपालीहरुको समन्वयमा नेपालमा स्वास्थ्य सामाग्री पठाउने कार्यमा चीनस्थित नेपालीहरु सहयोगका लागि यसैबीच सोही अवसरमा नेपालमा अक्सिजन पठाऔँ,आफन्तको ज्यान बचाऔँ अभियान अन्तर्गत गैरआवासीय नेपाली संघका विभिन्न देशमा रहेका नेपालीहरुको सहयोगमा खरिद गरिएका ४८३ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो । तयार रहेको उहाँको भनाई थियो।

कार्यक्रममा संघका विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा पदाधिकारीहरु, संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, बेलायतस्थित स्थानिय निर्वाचनमा निर्वाचित काउन्सिलरहरु लगायतको उपस्थिति थियो।

गैरआवासीय नेपाली संघ
८ जुन २०२१

Group Mail Code of Conduct
1. Avoid Greetings on festivals and condolence on group mail, if you must send, send it to individuals.
2. Avoid repetition of same opinions
3. Avoid use of reply all function unless it is thought to be of a general interest.
4. Avoid sending replies to the individual through group mail.

NRNA

Corona Virus Precautions : stay safe
1.Wash hands thoroughly and frequently with soap for 20 seconds.
2. Carry hand sanitizer
3. Avoid touching your face
4. Maintain social distance in public gatherings
5.Cover your mouth and nose with mask while in public.

 

प्रतिक्रिया