बयलपाटा अस्पताललाई एनआरएन अफ्रिकाको अक्सिजन सहयोग

इनेप्लिज २०७८ जेठ १९ गते १०:५७ मा प्रकाशित

अछामको बयालपाटा अस्पताल लाई आज थप १० थान अक्सिजन सिलिन्डर ( सिलिन्डर खरिद सहित ) हस्तान्तरण गरिएको छ ।

एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गतको यो अभियानमा संघको र दाताहरुको तर्फबाट स्थानिय समाजसेवी , जिल्ला विकास समिति अछामका पुर्व सभापति , नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वारले १० थान अक्सिजन सिलिन्डर बयालपाटा अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकलाई आज बुधबार हस्तान्तरण गर्नुभएको छ । यस अघि उक्त अस्पताललाई १० थान र जिल्ला अस्पताल मङ्गलसेनलाई २० थान गरि अछाममा ४० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।

संघको यो अभियानले देशका ११ जिल्लाका २६ अस्पताल र स्वास्थ्य केन्द्रमा १२५ थान अक्सिजन सिलिन्डर (खरिद सहित ) , १०२५ रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हरु गरि ३५ लाख भन्दा बढीको सहयोग गएको तीन हप्तामा स्थानीय संघ सस्थाहरुको सहयोगमा सोझै अस्पताल र स्वास्थ्यकेन्द्रहरुमा हस्तान्तरण गरि सकिएको छ ।

संघको अफ्रिकाका राष्ट्रिय समन्वय समितिहरुलो यो अभियानमा सहयोग पुरयाउने एनआरएनए अभियन्ताहरु , सामाजसेवी संघ , सस्था र अभियन्ताहरु , धनगढी स्थित ह्युमानिटी फाउन्डेसन , युगान्डाको रुपारेलिया फाउन्डेसन लगायत सम्पुर्ण सहयोगी शुभचिन्तकहरुमा हार्दिक आभार छ ।

प्रतिक्रिया