आदिम युगपछि यता हेर्ने हो भने मानव समुदायमा विभेद भएको देखिन्छ।दास युगमा मालिक र दासबीच तथा दास-दास बीचमा पनि लिङ्गीय आधारमा विभेद देखिएको इतिहासमा पढ्न एवं नेपालकै सन्दर्भमा कमैया/हली प्रथा लगायत कैयौँ अवस्थाहरू अद्यापि यो वा त्यो रूपमा देखैको हो।त्यसपछिका सामन्तवादी युग र पुँजीवादी समाजमा विभेदले झन् विकराल रूप लिएको जग जाहेरै छ।
विभेदलाई सकारात्मक रूपमा पनि लिईन्छ तर यहाँ उठान गर्न खोजिएको कुरो नकारात्मक विभेदसँग सम्बन्धित छ।समाज विकासलाई अधोगतिमा लैजाने विभेद छोटकरीमा नकारात्मक विभेद हो।
विभेद वर्गीय हुन्छ र विकासको क्रममा आफ्नै वर्गभीत्र पनि देखा पर्छ।शिक्षालाई साँच्चिकै गुणस्तरीय बनाउने नारामै मात्रै सीमित राखेको कुरा वर्तमान स्थितिमा आएको नेपालको आ.व. २०७८/०७९ को बजेटको शिक्षालाई छुट्याईएको बजेट प्रतिशतले देखाउँछ।सरकारको प्रकृति अनुसार यस्तो भएको होला भन्ने अनुमान गर्न गत वर्षहरूका बजेटका आँकडाले पनि दिँदैनन्।यस सँगै राष्ट्र सेवक र मनोवल उच्च बनाउने कुरामा पनि विभेद देखिएको छ ( हेर्नुहोस्: सामाजिक सञ्जालबाट साभार गरिएको तालिका)।
शिक्षक र निजामती कर्मचारीमा धेरै विविधता होलान् तर देश विकासको मेरूदण्ड ‘शिक्षा’ लाई मान्दा (र, मान्नु पनि पर्छ) यसलाई कार्यान्वयन गर्ने एक प्रमुख पक्ष शिक्षक पनि हो।राज्यले विकासलाई प्राथमिकतामा राखीरहँदा मेरूदण्डको रूपमा रहेको शिक्षा र यसलाई कार्यान्वयन गर्ने मध्येको मुख्य ‘शिक्षक’ लाई राष्ट्रसेबक सरह नमान्दा नयाँ पिँढी लगायत राज्यलाई नै घाटा हुने निश्चित जस्तै हुन्छ।वि. सं. २०३६ अघिको भन्दा त्यसपछि केही अधिकारहरू शिक्षकहरूले पाएको,त्यसपछि पनि बजेट भाषण आईसकेपछि शिक्षकका लागि छुट्टै आन्दोलन गरेर बजेटमा बढाईएका तलब स्केल,पोशाक भत्ता,त्यस्तै अनुभव बापतका अङ्कहरू पछि बनाउन सरकार बाध्य भएको केही उदाहरणहरू यहाँ स्मरण पनि गर्नुपर्ने बेला आएको देखिन्छ।
मैले यहाँ उठान गर्न खोजेको विषय-वस्तु चाहिँ राज्यले शिक्षक प्रति हेर्ने दृष्टिकोण यस्तो वा त्यस्तो बनाउनुको मूलकारक चाहिँ शिक्षकहरू स्वयं हुन् भन्ने हो। जसरी आन्तरिक कारण नै वस्तु विकासमा मूलकारक देखा पर्दछ,त्यसरी नै।यसको अर्थ जवसम्म हामी शिक्षकहरू एकजुट हुन सक्दैनौ तबसम्म हामी पिछडिई नै रहेका हुनेछौँ।
त्यसोभए हामीमा के त्यस्ता कमजोरीहरू छन् त ? ती मध्ये केही निम्न हुन सक्छन्:
क) राजनैतिक दलहरूको शिक्षकहरूमाथिको निर्भरता,तर,शिक्षकहरू समेतको प्रयासमा ल्याईएको लोकतन्त्र/गणतन्त्र हो भन्ने विस्मरण,सरकार बनाएपछि यो वा त्यो पदको आश्वासन र त्यसबाट मात्र ‘करियर’ बन्न सम्भव छ भन्ने धारणा,त्यसपछि लाभ लिन थालेपछिका बिरोध गर्न नसकिने अवस्थाहरू।जसले शिक्षक/गुणस्तरीय शिक्षा/नेपालको मौलिक शैक्षिक विकास आदिलाई नजरअन्दाज गरिने सम्भावना।शैक्षिक भन्दा राजनैतिक दृष्टिकोणले हेर्ने ( राजनैतिक मुद्दामा शैक्षिक मुद्दा पनि नसमेटिने अवस्थामा) परम्परा हाबी।
ख) शिक्षक-शिक्षकबीचका द्वन्द्वहरू ( जसले शिक्षक-शिक्षकलाई एकिकृत हुन दिँदैनन्):
–राजनैतिक रूपमा लाभ लिने र नलिने शिक्षक,शैक्षिक प्रशासकहरू समेत।
–नेताहरूमा पहुँच हुने र नहुने,
–वरिष्ठ र कनिष्ठ,
— तहगत र श्रेणीगत फरक भएका,
–स्रोत ब्यक्ति,प्रधानाध्यापक,सहायक प्रधानाध्यापक, ईन्चार्ज र शिक्षकहरू।
–विषय-विज्ञको प्रमाण- पत्र लिएका,थप शैक्षिक योग्यता हासिल गरेका र नगरेका।
–शैक्षिक प्रशासकसम्म पहुँच बनाएका र बनाउन नचाहेका वा बनाउन नसकेका।
–अलग-अलग विषयका विषयगत शिक्षकहर।
–साधारण र प्राविधिक शिक्षक/प्रशिक्षक।
–अनुभवको मात्रा र प्रकृतिको आधारमा रहेका शिक्षकहरू।
–स्थायी,अस्थायी र राहतमा रहेका शिक्षकहरू।
ग) यी द्वन्द्वहरू निरूपण गर्ने तौर-तरीकाहरू सङ्घ-सङ्गठनहरूमा पनि नहुनु वा कृयान्वयनको अभाव।
अब के गर्ने त ?
शिक्षकहरू बीच एकता कायम गर्न निम्न तरीकाहरू अबलम्बन गर्न सकिन्छ:
# अहिले नै आ-आफ्ना सङ्ठन छोडेर आउनुस् बेग्लै सङ्गठन बनाऔ भन्न ठ्याक्कै व्यवहारिक नहोला जस्तै लाग्दैछ,त्यसैले शिक्षकको नेता कस्तो हुनुपर्छ? कुन सङ्गठनले शिक्षकका हक-अधिकारलाई प्राथमिकता सँगै कृयान्वयन गर्न लागि परेको छ? देखाऔ ।आफ्नो बिचारसँग आबद्ध मातृ दललाई बिपक्षीले ल्याएको भए पनि यो कार्यक्रम ठिक छ भन्न सकिने बनौँ र यो भन्दा राम्रो कार्यक्रम ल्याऔ भन्न नहिच्किचाउने नेतृत्व विकास गरौँ।
# शिक्षकका अधिकारसँगै कर्तब्यबोध गराउने कार्यक्रम प्रत्येक सङ्गठनहरूले गराउनु/गर्नु पर्छ।शिक्षक नेता बन्न सर्वप्रथम शिक्षक बन्न आवश्यक छ।नपढाउने,विद्यार्थी र अभिभावकसँग सुमधुर सम्बन्ध नबनाउने शिक्षक शिक्षक नै हुँदैन भने शिक्षकको नेता कसरी? यसबारे सोच्ने,योजना बनाउने र कृयान्वयन गर्ने।
# शैक्षिक/ पेशागत आन्दोलनमा एकजुट भएर जान आवश्यक छ।यसरी जाँदा आ-आफ्नो सङ्गठनबाट शिक्षक आन्दोलनलाई नयाँ शीराबाट एक बनाएर लैजाने।मागहरू राख्दा,आन्दोलन गर्दा,वार्तामा बस्दा,मागहरू पूरा हुने क्रममा नेतृत्वले आफू नेताका अतिरिक्त एउटा साधारण र आधारमा रहेको शिक्षकको रूपमा लिने न कि बिपक्षीलाई फाईदा हुने भो यसलाई छोडदिऊँ वा मलाई के फाईदा हुने जस्तामा टुङ्ग्याउने।त्यतिखेर ‘म’ हैन ‘हामी’ बन्ने प्रयास गर्ने, मातृ दलले केही भन्ने भएमा पनि कन्भिन्स गर्ने क्षमता राख्ने।
# शिक्षक नेताले भविष्यमा ठुलै पदको आकाङ्क्षा नराख्ने,सही काम गर्दै गईयो भने पनि नेता भईन्छ भन्ने सोचको विकास गर्ने।शिक्षक नेता भनेको ठूलै नेता हो भन्ने सँस्कृतिको विकास गर्ने।बिलासी जीवन नबिताउँदैमा नेता भइँदैन भन्ने भ्रमलाई शिक्षकले चिर्न शुरू गर्नुपर्छ।
# राजनैतिक नेता, कृषक,मजदुर,व्यापारी,शैक्षिकसरोकार राख्ने नेता
,अभिभावक, विद्यार्थी नेतृत्व,शैक्षिक प्रशासकसँग सुमधुर सम्बन्ध राख्दै गुणस्तरीय शिक्षाका लागिआफू कर्तब्यनिष्ट हुँदै अन्तरक्रिया गर्ने र गुणस्तरीय शिक्षाका लागि पनि पहल गर्ने। सिद्धान्तमा सबैले देखाईसके अब देखाउने पालो व्यवहारको नीति अबलम्बन गर्ने।
# मानवीय सम्बन्धको आधारमा, विदेशमा भेटिँदा जुनसुकैनेपाली आफ्नो लागे जस्तैगरी,निवृत्त हुँदा आफ्नो पद भन्दा पनि पूर्व शिक्षकहरूसँग सम्बन्ध गाँसेजस्तै अहिले वर्तमान अवस्थाका सबै शिक्षक नै हुन् भन्ने धारणा ल्याउन सके माथि उल्लेख गरिएका द्वन्द्वहरू निरूपण गरेर शिक्षक एकता कायम गर्न पक्कै सकिन्छ। नेतृत्व अलमलमा पर्न आवश्यक छैन।
शिक्षामा अघि बढे राम्रो नेता देशले जन्माउँछ, बिदेश जाने क्रम रोकिन्छ, समृद्ध देशको नेता हुन पाईन्छ, यसबाट राजनैतिक नेतृत्वलाई पनि फाईदा नै पुग्छ।
अस्तु।
-कोमल अधिकारी,टिकापुर,कैलाली
प्रतिक्रिया