सामाजिक कार्यमा मन्त्री आलेको अमूल्य योगदान,डोटी र कैलालीमा करोंडौंको स्वास्थ्य सामग्री प्रदान

वीरेन्द्र रावल २०७८ जेठ ११ गते १०:३७ मा प्रकाशित


वीरेन्द्र रावल,धनगढी,जेठ ११।कोही मानिस विरामी परेर अस्पतालको बेडमा छट्पटाई रहेको खबर सुन्ने वित्तिकै भोक र निन्द्रा समेत नभनि तत्काल विरामीको मलम पट्टीका लागि अस्पतालमै पुगेर सहयोग गर्ने नेता नेपालमा सायह बिरलै होला।मानिस विरामी पर्योकी सम्झी हाल्नु पर्ने दिनदुखीका सहाराका रुपमा विगत लामो समय देखि क्रियासिल व्यक्तित्व हुन माननीय वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेमगर।

सत्तामा भएका बेला होस् या पार्टी नेताको रुपमा क्रियाशिल भएको बेलामा किन नहोस् कुनैपनि मानिस पिडामा छ भन्ने खबर सुन्ने वित्तिकै विरामीको आफन्त भन्दा पनि पहिले विरामीको पिडामा महल्म पट्टी लगाउन पुग्ने व्यक्ति हुनुहुन्छ प्रेम बहादुर आलेमगर।

उपचार नपाएर होस् या रकम अभावमा अस्पतालमा बेवारिसे अवस्थामा परिणत भएका विरामीको सहयोगका लागि मन्त्री प्रेम बहादुर आलेमगर तत्काल पुगेर समस्याको समाधान खोज्नु हुन्छ।

मानिस एक पटक जन्मीने हो,एक पटक मर्ने हो।मानिसलाई पर्दा अहिलेनै हो सामाजिक कार्य गर्ने,दिनदुखी विपन्नहरुका लागि भोली नभनेर सकेजति आजै सहयोग गर्न सक्नुनै मानवता हो भन्नु हुन्छ:वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेमगर।

नेपालको सुदूरपश्चिमका हजारौं जनताले मन्त्री प्रेम बहादुर आलेको सहयोगबाट लाभ लिईसकेका छन्।निस्वार्थ ढंगले आफ्नो पार्टीको होस् या विपक्षी पार्टीको पिडित व्यक्तिनै किन नहोस् पिडामा परेकालाई मानवीय नाताले पनि सहयोग गर्न सक्ने क्षमता राख्नु हुन्छ मन्त्री आलेमगर।

आज भन्दा केहि बर्ष पहिले डोटीको कठपत्तेमा भएको बस दुर्घटनामा परि घाईते भएका ३६ जना बिरामीलाई नेपालमा उपचार सम्भव नभएपछि भारतको हल्दानीमा लगेर स्वयं आलेको उपस्थितीमा मानिसहरुले उपचार पाएका थिए।त्यो घटना पछि त सुदूरपश्चिमका जनताले मन्त्री आलेमगरलाई निस्वार्थ भावका खानी भएको व्यक्तिको रुपमा लिंदै आएका छन्।

कुनै समस्या परेर मन्त्री आले सामु पुगेको व्यक्तिलाई उहाँले कदापी निराश पारेर फर्काउनु हुँदैन।सक्दो सहयोग दिएर पठाउने उहाँको कर्तव्यनै बनिसकेको छ।

सुदूरपश्चिमेली जनता मन्त्री आलेलाई दिनदुखीको पिडाका साथी र सहयोगीका रुपमा लिने गरेका छन्।

कोरोना नियन्त्रणमा मन्त्रीको सहयोग

पछिल्लो समयमा देश कोरोनाको कहरले पिल्सी रहेको बेलामा वन मन्त्री प्रेम बहादुर आलेमगरले सुदुरपश्चिममा संक्रमितहरुका लागि आफ्नो व्यक्तिगत लगानीमा करोडौं मूल्यका स्वास्थ्य सामाग्री लिएर आफ्नै उपस्थितीमा हस्तान्त्रण गर्नु भएको छ।

उहाँले डोटी जिल्ला अस्पताललाई ६० थान अक्सिजन शिलिण्डर,अक्सििजन
कन्सेन्टाटर ४ थान,सर्जकल मास्क १ लाख ५० हजार उपलब्ध गराउनु भएको कुरा जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णराज जोशीले जानकारी दिनु भएको छ।

यसैगरि सेती प्रादेशिक अस्पताल धनगढीका अध्यक्ष दुर्गा प्रसाल जोशीका अनुसार वन मन्त्री प्रेम आलेमगरको व्यक्तिगत सहयोगमा ५० थान अक्सिजन ग्याँस सहितको सिलिण्डर,५० हजार सर्जिकल मास्क समेत प्रदान गर्नु भएको छ।
सेती प्रादेसिक अस्पताल धनगढी सुदूरपश्चिमकै एकमात्र रेफरल अस्पताल हो। सुदूरपश्चिमका नौ वटै जिल्लाबाट विरामीहरु उपचारका लागि सेती प्रादेसिक अस्पताल धनगढीमा उपचारका लागि आउने गर्दछन्।

मन्त्री आलेद्धारा खेद प्रकट
जनताको हितमा आज नभएर बर्षौं देखि निरन्तर रुपमा लागि रहेको व्यक्तिलाई सामाजिक सञ्जाल र केहि पित पत्रकारहरुले चिनबाट अनुदानमा आएको सिलिण्डरमा आफनो स्टिकर टाँसेर स्वास्थ्य वितरण गरेको भन्ने कुतर्क गर्नेहरु प्रति खेल प्रकट गर्नु भएको छ।

उहाँले भन्नु भयो:व्यापारीले चिनबाट खरिद गरेर ल्याएको सिलिण्डर मैले आफ्नो व्यक्तिगत लगानीमा अक्सिजन नपाएर छटपटाई रहेका विरामीका लागि खरिद गरेर वितरण गर्दा समेत चरित्र हत्या गर्ने कार्य खेद जनक भएको समेत बताउनु भएको छ।

आफु गर्न पनि नसक्ने र अरुले गरेको र कमाएको लोकप्रियतालाई देख्न नचाहने समाजका भ्रष्ट चिन्तन भएका कुतत्वबाट कुप्रचारहरु गरिएको पनि मन्त्री आलेमगरले बताउनु भएको छ।

यो बेला सबै जना कोरोना संक्रमणलाई नियन्त्रण गर्न र जनतालाई सुरिक्षत पार्ने अभियानमा लाग्ने बेला भएकाले सबैले आ आफ्नो क्षेत्रबाट सक्दो आर्थिक,मानवीय र भौतिक सहयोगका लागि तयार हुन सक्नु पर्ने पनि मन्त्री आलेले आग्रह गर्नु भएको छ।

कोरोना कहरका बेलामा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका मानिसहरुलाई समेत धन्यवाद व्यक्त गर्नु भएको छ ।

असहाय,दिन दुखि,गरिव अनि विपन्न परिवारको हरेक पिडामा साथ दिएकै कारण डोटी जस्तो जिल्लाबाट अत्याधिक मतले दुई पटक प्रतिनीधि सभामा विजयी लोकप्रिय नेता हुन प्रेम आलेमगर।

 

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया