मोरङका तीन अस्पतालमा ११ जना कोरोना सङ्क्रमितको मृत्यु

मनोज दाहाल २०७८ जेठ ११ गते १०:१२ मा प्रकाशित

 


विराटनगर,११ जेठ।मोरङ जिल्लाको विभिन्न कोभीड अस्पतालमा गएके १८ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट पाँच महिला सहित ११ जनाको मृत्यु भएको छ।

यसरी मृत्यु हुनेहरुमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा सात,कोशी कोभीड–१९ उपचार केन्द्र विराटनगरमा दुई र विराट शिक्षण अस्पताल वुढीगंगा मोरङमा दुई जना गरि ११ जना रहेका छन्।

सुनसरी इटहरी–१७ की ७० वर्षिय सङक्रमित महिलाको नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको छ।मृतकलाई यही जेठ ४ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो।

यसैगरी सोही अस्पतालमा विराटनगर–१३ की ३१ बर्षिया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ।निजलाई यही जेठ ४ गते भर्ना गरिएको थियो।

यसैगरी सोही अस्पतालमा विराटनगर–३ का ७९ सङक्रमित पुरुषको उपचारको क्रममा आज मृत्यु भएको छ।मृतकलाई यही जेठ ९ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले बताउनु भयो।

यस्तै सोही अस्पतालमा सङ्खुवासभा खाँदवारी–७ का ५९ वर्षिय सङक्रमित पुरुषको उपचारमो क्रममा आज मृत्यु भएको छ।

मोरङको जहदा गाउँपालिका–३का ३२ वर्षिय सङक्रमित पुरुषको सोही अस्पतालमा आज मृत्यु भएको छ।मृतकलाई यही जेठ ८ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले बताउनु भयो।

विराटनगर –५ की ५० बर्षिया सङ्क्रमित महिलाको उपचारको क्रममा मोरङको वुढीगंगास्थित विराट शिक्षण अस्पतालमा आज मृत्यु भएको छ।मृतकलाई यही जेठ ४ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका इन्चार्ज सुनिल देवले बताउनु भयो।

यसैगरी सोही अस्पतालमा सुनसरी दुहवीका ६५ बर्षिय सङक्रमित पुरुषका उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ।

यस्तै विराटनगरको कोशी कोभीड–१९ उपचार केन्द्रमा मोरङको बेलवारी–७ की ४० सङ्क्रमित महिलाको उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ।निजलाई गएको वैशाख ९ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताउनु भयो।

यसैगरी गरी सोही अस्पतालमा विराटनगर–१० का ८४ बर्षिय सङ्क्रमित वृद्धको उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ।निजलाई गएको वैशाख २९ भर्ना गरिएको सूचना अधिकारी राजवंशीले जानकारी दिनु भयो।

सर्लाही गहुपुरी–७ का ३२ वर्षिय सङक्रमित पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ।निजलाई सोही दिन भर्ना गरिएको अस्पतालका प्रवन्धक दाहालले बताउनु भयो।

सप्तरी राजविराज –७ की ७० वर्षिय महिलाको उपचारको क्रममा सोही अस्पतालमा सोमबार राति मृत्यु भएको छ।मृतकलाई यही जेठ १० गते भर्ना गरिएको प्रबन्धक दाहालले बताउनु भयो।

मनोज दाहाल

 

 

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया