अन्तर्राष्ट्रिय नेपाली समाजको भाषा साहित्य समिति गठन

सञ्जय साह मित्र २०७८ जेठ ८ गते २०:३९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली समाजको आंगिक संस्थाको रुपमा भाषा साहित्य समितिको गठन गरिएको छ।शनिवार साँझ जुम प्रविधिबाट भएको देश–विदेशका भाषा साहित्यसेवीहरुको भेलाले डा.जानुका नेपाल पौडेलको अध्यक्षतामा भाषा साहित्य समितिको गठन गरिएको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा रोमकान्त सापकोटा,उपाध्यक्षमा नारायण दत्त पौडेल,डा.दिनेश घिमिरे,डा शर्मिला पोखरेल शेषकान्त पण्डित,बिन्दा पराजुली, कृष्ण विश्वकर्मा,प्रमोदकुमार पाण्डे,महासचिवमा डा.चैतन्य अधिकारी, सहमहासचिवमा डा.महालक्ष्मी अधिकारी,सचिवमा आरसी संकल्प,सीता थुलुंग, दीक्षा भन्डारी,कोषाध्यक्षमा रबिना महर्जन,सहकोषाध्यक्षमा अरुण भेटबाल, प्रवक्तामा अजित क्षेत्री चयन भएका छन्।समितिको सदस्यमा विपिन किरण, भावना न्यौपाने,सञ्जय साह मित्र,मनु नेपाल,राजेन्द्र श्रेष्ठ,विक्रम याख्या, बाबुराम न्यौपाने,रबिन श्रीपाली,केबी पारखी,शरद पोखरेल, दीक्षा सापकोटा, सुदामाकृष्ण सुवेदी, रामप्रसाद साह,विजयदत्त मणि,प्रतिमा केसी,रमा भट्टराई,प्रभा पन्त लगायतका रहेका छन्।समितिमा नेपालका साथै विभिन्न देशका नेपालीहरु पदाधिकारी तथा सदस्य रहेका छन्।

समिति गठन हुनुअघि बेलायतबाट प्रतिमा केसी,जापानबाट शरद पोखरेल, विन्दा पराजुली बराल,केबी पारखी,स्कटल्यान्डबाट डा.महालक्ष्मी अधिकारी, क्यानडाबाट रामकान्त सापकोटा,मलेसियाबाट ईश्वर राई,टर्कीबाट आरसी संकल्प,पोर्चुगलबाट सुप्रिया बस्नेत,सोम अनुराग,रौत्हटबाट सञ्जय साह मित्र, काठमाडौँबाट मनु नेपाल,डा.दिनेश घिमिरे,राजेन्द्र श्रेष्ठ,रविना महर्जन,शेषकान्त पण्डित,भावना न्यौपाने,नारायण दत्त पौडेल,पर्साबाट प्रमोदकुमार पाण्डे, दीक्षा सुवेदी,भक्तपुरबाट डा.शर्मिला पोखरेल,धनकुटबाट शोभा दाहाल,बाराबाट पूनम पाण्डे,अनिता साह,कैलालीबाट रमा भट्टराई,खोटाङबाट सीता थुलुंग,झापाबाट बाबुराम न्यौपानेलगायतले भाषा र साहित्यको क्षेत्रमा आफ्नो अनुभवका साथै परिचय प्रस्तुत गरेका थिए।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाजमा महिला राष्ट्रिय समिति अध्यक्ष रेणुका सोलु,अन्तर्राष्ट्रिय नेपाली समाज राष्ट्रिय समितिका अध्यक्ष चन्द्र फुँयाल, महासचिव अजुन श्रीले संस्थाको उद्देश्यबारे प्रकाश पारेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरेले संगठित भएर जानु आफैँमा महत्वपूर्ण भएको बताउँदै देश विदेशमा रहेका सबै नेपालीहरुको सबै भाषाको संरक्षण गर्न समितिले काम गर्ने बताएका छन्।

जानुका नेपाल पौडेलको संयोजकत्वमा भएको कार्यक्रमको सहजीकरण कास्कीका डा.चैतन्य अधिकारीले गर्दै संस्थाको विविध पक्षबारे जानकारी गराएका थिए।

-सञ्जय साह मित्र

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया