एनआरएनए एनसीसीका उच्च नेतृत्वमा ‘बोल्ड’ उम्मेदवार मानिन्छन् बुद्धि सागर सुवेदी

-सुरेश कोइराला २०७८ जेठ ७ गते १:१० मा प्रकाशित

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदीले स्वदेशको विकास र सामाजिक कल्याण नै एनआरएनएको गौरव भएको बताउनु भएको छ।एनआरएनए एनसीसीका सबैभन्दा बलिया उम्मेदवारको रुपमा देखिएका सुवेदी स्वदेशको गौरव नै आफूहरूको पुँजी भएको बताउनु भएको हो।

सबैभन्दा बलिया उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका बौद्धिक व्यक्तित्वका धनी सुवेलीले एनआरएनए एनसीसीलाई आफै सञ्चालन हुने सक्ने सवल र सक्षम संस्था बनाउन पहल गर्ने बताउनु भएको छ।‘यूएस सरकारले अल्प संख्यक जात वा समुदायको लागि उपलब्ध गराउने सहयोग नेपाल अमेरिकन नागरिकलाई उपलब्ध गराउने प्रयास गर्ने छु,’यहाँले भन्नु भयो ‘मेरो विजय पछि संस्थाका हरेक सदस्यलाई क्षमताअनुसार जिम्मेवारी दिने सिष्टमको विकास गर्नेछु ।’

विदेशी भूमीमा बसेपनि मातृभूमीको सम्मान र सेवा गर्नको लागि सानादेखि ठूला परियोजनासम्म लगानी गर्ने वातावरण बनाउने उहाँको प्रतिवद्धता छ।‘दोहोरो नागरिकताको मुद्दा,नेपाली अमेरिकन सिटिजनशीपलाई पर्यटन भिषामा नेपाल जाँदा सहज अर्थात भिषा लगाउन नपर्ने बनाउने मेरो पहल कदमी हुनछ,’ उहाँले चुनावी छलफलका क्रममा बताउनु भयो।

नेपाली समुदायको चापलाई मध्येनजर गर्दैै यसको व्यवस्थापन मिलाउन वाणिज्य दुताबाससँग छलफल गरी सहजीकरण गर्नेदेखि अमेरिकामा जन्मिएका नयाँ पुस्तालाई एनआरएनसँग जोड्ने मिलन केन्द्र बनाउने पनि उहाँको प्रतिवद्धता छ।

स्याङ्जा जिल्लामा जन्मिएर चितवनमा हुकिएका सुवेदी नेपाल रहँदा नै प्राध्यापन पेशामा सम्लग्न हुुनुहुन्थ्यो।सन् २००३ मा अमेरिका जानु अघि उहाँले विभिन्न कलेजमा अध्यापन गराउनु भएको थियो।विद्यार्थी जीवनकालदेखि नै नेविसंका सक्रिय राजनीति गर्नु भएको सुवेदीले विभिन्न सामाजिकदेखि राजनीतिक संस्थामा रहेर समेत सामाजिक काम गर्नु भएको छ।

नेपाली कांग्रेसमा आवद्ध उहाँ सन् २०१४ मा एनआरएनए एनसीसीमा आवद्ध हुनु भएको हो।२०१७ देखि २०१९ सम्म च्याप्टर सभापतिको जम्मेवारी सम्हाल्नु भएका सुवेदी अहिले उक्त संस्थाको उपाध्यक्षको भुमिकामा हुनुहुन्छ।

-सुरेश कोइराला

प्रतिक्रिया