काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका वढाउन जनतालाई आह्वान गरेको छ ।
स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै वढी संक्रमण फैलिएका काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, वांके, , दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रे, सुनसरी, पर्सा, वर्दिया, पाल्पा लगायतका जिल्लाहरुमा अझै पनि नेपाल सरकारको आदेश अनुरुप स्थानीय निकायले तोकेका जिम्मेवारीहरु पुरा गर्न जनतालाई अपिल गरिएको छ ।
अध्ययनहरुले अझै पनि जनस्वास्थ्यका मापदण्डहरुको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी भइरहेको पाइएको उल्लेख गर्दै विज्ञप्तिमा सरकारले तोके अनुरुपको भूमिका स्थानीय निकायहरुले पनि वढाउनु पर्ने उल्लेख छ ।
संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञालाई लुकीछिपी वा खुल्लमखुल्ला उल्लंघन भएकोमा चिन्ता व्यक्त गर्दै विज्ञप्तिमा जनजीवनमा कठिनाइ उत्पन्न भएपनि संक्रमण नियन्त्रण तथा रोकथामका लागि सवैले एक भएर अगाडि वढ्नु पर्ने उल्लेख छ ।
प्रतिक्रिया