मेयर फागोलाई बद्नाम बनाउन समूह नै खडा, यसरी हुँदैछ चौतर्फी प्रहार

इनेप्लिज २०७८ वैशाख २१ गते २१:३३ मा प्रकाशित

मोरङ।उर्लाबारी नगरबासीको सर्वोत्तम हितमा काम गर्दै आउनु भएका उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोमाथी चौतर्फी प्रहार हुन थालेको छ।जनहितमा निरन्तर काम अघि बढाइरहेको अवस्थामा मेयर फागोमाथी चौतर्फी प्रहार हुन थालेको हो।नियोजित रुपमा समूह नै खडा गरेर मेयर फागोमाथी सामाजिक सञ्जालमा प्रहार गरिरहेको छ।कांग्रेसबाट निर्वाचित मेयर फागोको लोकप्रियता देखेर कांग्रेसभित्रकै समूह हातधोएर लागि परेका छन्।मेयर फागोलाई विवादमा तान्न अनेकौं तानाबुना बन्ने काम भइरहेको जानकार स्रोत बताउँछ।

फागोलाई रहस्यमय मृत्यु भएका उर्लाबारीका युवा प्रविण बास्तोला प्रकरणदेखि नै तानाबुना बनिएको थियो । मेयर फागो हक्की स्वभावका भएका कारण आक्रोशमा ल्याउने र विवादमा सिर्जना गर्ने रणनीति थियो । सोही प्रकरणदेखि मेयर फागोमाथी नियोजित रुपमा प्रहार भइरहेको छ।मेयर फागोलाई सामाजिक सञ्जालमा मार्ने धम्कीदेखि विभिन्न आरोपहरु लगाउने काम भएको छ।धुमिलो पानीमा माछा मार्नेहरु सल्बलाउन थालेका छन्।मेयर फागोले आफुमाथी नियोजित र भ्रमपूर्ण प्रचारबाजी भइरहेको बताउनुभयो।जनतामा काममा खटिरहेको छु, कसले के भन्छ भन्नेतिर ध्यान नि छैन उहाँको भनाई छ।आफना बारेमा कुत्सित मनशाय राखी भइरहेको तथ्यहीन प्रचारप्रसारप्रति जनताले बुझेको उल्लेख गर्दै नगरबासीको अहित हुने कुनै काम नगरेको र नगर्ने दाबी पनि गर्नुभयो।मेयर फागोलाई बद्नाम गराउन तथ्यहीन, कपोकल्पित र गलत आरोप लगाइएको छ।गलत प्रचारबाजीले आफु हतोत्साही नहुने अनि कमजोर धरातलमा टेकेर गरिएका गलत प्रचारप्रसारले आफुलाई कर्तव्य निर्वाहबाट च्यूत नगराउने मेयर फागोको भनाई छ।पहिलो चरणको कोरोना भाइरसको संक्रमणका बेला मेयर फागोले उदाहरणीय कार्य गर्नुभएको थियो।जसको चर्चा देशैभरी भएको थियो।

प्रतिक्रिया