चिकित्सा शब्दसागर बृहत शब्दकोशको लोकार्पण

इनेप्लिज २०७८ वैशाख ८ गते २३:५० मा प्रकाशित

२०७८ वैशाख ८ गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा विनयकुमार शर्मा नेपाल,प्रकाशमणि दाहाल,डा.कमल शर्मा लम्साल र डा.विपिन नेपालद्वारा संयुक्त रूपमा सम्पादित Dictionary of Medical, Nursing & Allied Health (चिकित्सा शब्दसागर) नामक बृहत शब्दकोशको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र विभागका डीन प्राडा.दिव्या सिंहज्यू, काठमाडौँ विश्वविद्यालय चिकित्साशास्त्र विभागका डीन प्राडा.राजेन्द्र कोजुज्यू,नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा.गोमादेवी निरौलाज्यू,तथा नेपाल स्वाथ्य व्यवसायी परिषद्का अध्यक्ष डा.मोहनकृष्ण श्रेष्ठज्यूबाट लोकार्पण गरिएको छ।

प्रा.राजेन्द्र सुवेदीको सभापतित्वमा यादव भट्टराईबाट सञ्चालित उक्त कार्यक्रममा सम्पादक विनयकुमार शर्मा नेपालले स्वागत गर्दै पुस्तकको गर्भको इतिहास बताउनुभयो यसैगरी पुस्तकको बारेमा प्राडा. लक्ष्मण गौतमले प्रकाश पार्नुभयो भने चारै प्रमुख अतिथिहरूले मन्तव्य राख्नुभयो।

पुस्तकको विवरण

१. १७७६ पृष्ठ पाठ्य सामग्री
२. १२८ पेज रङ्गीन चिकित्सासम्बन्धी चित्रहरूको एट्लस
३. १२ पृष्ठ भूमिका तथा शुभकामना
४. जम्मा १९२० पेज
५. १८–२५ सेन्टिमीटर, हार्ड कभर
६. भाषा : अङ्ग्रेजी अङ्ग्रेजी नेपाली
७. संभवतः हालसम्मकै सबैभन्दा धेरै पृष्ठको शब्दकोश
८. उपयोगी : चिकित्सासम्बन्धी क्षेत्रमा कार्यरत,अध्ययनरत डाक्टर,नर्स,अस्पताल, कलेजका साथै प्रशासन, अदालत,
प्रहरी आदि।

शब्दार्थ प्रकाशन

प्रतिक्रिया