घुम्ती मुक्तक नेपाल उदघाटन

इनेप्लिज २०७७ चैत २७ गते ११:२६ मा प्रकाशित

काठमाडौँ, चैत २७ गते।

नेपालमा लोकप्रिय हुँदै गरेको मुक्तक उपविधालाई विभिन्न कोणबाट समृद्ध,लोकप्रिय तथा जनस्तरमा विस्तार गर्ने उद्देश्यका साथ नव गठित घुम्ती मुक्तक नेपालको उदघाटन भएको छ।साथै सो सस्थाको कार्यसमितिको पदस्थापन पनि गरिएको छ।

संस्थाका संस्थापक अध्यक्ष मुक्तककार निर्मलरमण पराजुलीको अध्यक्षतामा गठित सो समितिको उपाध्यक्ष द्वयमा मुक्तककारहरु कलानिधि दाहाल र शैलेन्द्रकुमार शाह,महासचिवमा सुचिता काफ्ले,सचिवमा सानु शर्मा र कोषाध्यक्षमा कल्पना दाहाल रहनुभएको छ।

यसैगरी समितिका सदस्यहरुमा सुरेश वैद्य,नमराज घिमिरे, रन्जना पराजुली लम्साल,राधा भट्टराई र पार्वती भट्ट रहनु भएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ मुक्तककार ज्ञानुवाकर पौडेलले प्राचीन संस्कृत साहित्यमा लोकप्रिय मुक्तक केही समय ससुसुप्त रही पछिल्ला दशक पुनः नेपाली साहित्यमा लोकप्रिय हुँदै गरेको चर्चा गर्नुभयो।

साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अनेसासका निवर्तमान केन्द्रीय अध्यक्ष तथा सल्लाहकार साहित्यकार राधेश्याम लेकालीले नेपालीहरूमा रचनात्मक काम गर्नेको कमी नभएको तर राम्रो काम गर्नेलाई निरुत्साहन गर्ने प्रवृत्ति रहेको चर्चा गर्दै यस्ता प्रवृत्तिविरुद्ध घुम्ती मुक्तक नेपाल सचेत रहनु पर्ने बताउनु भयो।साथै उहाँले सस्था स्थापना भएकोमा शुभकामना दिदै सस्था संचालन गर्दाका अनुभव पनि बताउनु भयो।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले मुक्तकको विकास र विस्तारका लागि धेरैभन्दा धेरै संस्था तथा व्यक्तिको सक्रियता हुनु स्वागतयोग्य छ भन्नुभयो।

कार्यक्रममा अध्यक्ष निर्मलरमण पराजुलीले कार्यक्रमका अवसरमा आफ्नो मन्तव्य राख्दै विगत सात वर्षदेखि मुलुकका विभिन्न स्थानमा सञ्चालन गरिएको घुम्ती मुक्तक वाचन शृङ्खलालाई व्यवस्थित गर्दै दीगो बनाउन आधिकारिक संस्था दर्ता गरिएको बताउनुभयो।

कार्यक्रममा घुम्ती मुक्तक नेपालका संरक्षक हरिभक्त सिग्देल र उपाध्यक्ष कलानिधि दाहालले संस्थाका भावी योजनाबारे जानकारी दिनुभयो।

साहित्यिकार वेदमणी घिमिरे,रामप्रसाद पन्त, ठाकुरप्रसाद शर्मा,शङ्कर भारती,मन्जु श्री प्रधान,विनोद नेपाल,दुर्गा अधिकारी भमरकोटे,तिलक लुईंटेल,युवराज मैनाली,त्रिभुवनचन्द वाग्ले,विनोद दाहाल,बलराम दाहाल,भैरवी भूगोललगायतले संस्थाको लागि शुभकामना व्यक्त गर्नुभयो।

प्रतिक्रिया