सति प्रथा अन्त्यका लागि योग मायाको ठूलो योगदान–प्रदेश प्रमुख अधिकारी

इनेप्लिज २०७७ चैत २३ गते २२:११ मा प्रकाशित

विराटनगर,२३ चैत।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सति प्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताउनु भयो।

मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटक घरमा आज ‘योगमाया’ नाटक अवलोकन पछि उहाँले दूर्गम भोजपुर जस्तो पहाडी भुभागमा रहेर सति प्रथा एवं जहाँनिया शासन अन्त्यमा उहाँको ठूलो योगदान रहेको चर्चा गर्नु भयो।

प्रमुख अधिकारीले ६८ जना महिलालाई आफूसहित अरुण नदीमा हामफालेर साहसिक कार्यबाट राणा शासन विरुद्धको ठूलो आन्दोलनका कारण मुलुकमा महिला सङ्घगठन निर्माण भएको स्मरण गर्नु भयो।

उहाँले आशिर्वाद थाप्ने त्यो समयमा विद्रोह गर्नु ठूलो साहस रहेको चर्चा गर्दै महिलाहरुले परिवर्तनका लड्नु भनेको ‘झुण्डाइने वा झुण्डिनु’ मात्र कार्य रहेको भन्नु भयो।

उहाँले छुवाछूत लगायत समाजमा रहेको विभेद अन्त्यमा योगमायाको योगदान समाजले अहिलेसम्म स्मरण गरेको चर्चा गर्दै नाट्यघरको विकासको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

सो अवसरमा नाटक घर एवं लेखक भरत गुरागाँई ‘बर्बरिक’ले नाटकलाई ग्रामीण क्षेत्रका साथै भोजपुरमा समेत मञ्चन गरिने जानकारी दिनु भयो।

सो नाटकको निर्देशक तराईका आदिवासी जनजाति प्रदीप सरदारले गर्नु भएको थियो।

प्रतिक्रिया