” रंगशाला निर्माणमा सबैको अपनत्व र योगदान रहोस भन्नाका लागि मेची महाकाली घरदैलो अभियान सुरु “

इनेप्लिज २०७७ चैत ५ गते ९:४८ मा प्रकाशित

 


धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट चितवनको भरतपुर मा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सबैको अपनत्व र योगदान रहोस भन्नाका लागि मेची महाकाली अभियान सुरु हुनेभएको छ।

पुर्व मेचिदेखी पश्चिम महाकाली सम्मको घरदैलो अभियान यहीँ चैत्र १० गतेदेखि सुरु हुने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ( धुर्मुस ) ले जानकारी दिए। रंगशाला निर्माणको लागि सहयोग गर्न चाहने महानुभावहरुको घरदैलो मैं पुगेर सहयोग संकलन गर्न लागिएको पनि धुर्मुसले बताए।

´ रंगशाला भित्र निर्माण हुने सातै प्रदेशको बिम्ब झल्कने ७ वटा स्तम्भ र ७७ वटै जिल्लाहरुको कक्ष निर्माण गरिने भएको हुँदा हरेक जिल्लाले आ-आफ्नो जिल्लाको कक्ष निर्माण गर्नका लागी सहयोग रकम जुटाउन सकोस् भन्ने अभिप्रायका साथ घरदैलो अभियान संचालन गर्न लागिएको हो ` उनले भने।चैत्र १० गते देखि कंचनपुर बाट सुरु हुने अभियानमा प्रत्येक जिल्लामा २ दिन सम्म बसेर त्यहाँ रहेका सहयोगिमन,संघसंस्था , बितिय संस्थाहरु,सहकारी,महिला तथा आमा समुह,विभिन्न समुहहरु र स्थानीय सरकारसंग हातेमालो तथा सहकार्य गरिनेछ।

यो घरदैलो अभियानमा फाउण्डेशनका अध्यक्ष धुर्मुस संगै लोकप्रिय कलाकारहरु कुमार कट्टेल ( जिग्रि ),अर्जुन घिमिरे ( पाँडे ) ,सामाजिक अभियान्ताहरु निगम हुमागाई ,अर्जुन भुसाल र जिल्लास्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देल रहेन भएका छन।

पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म संचालन हुने यो अभियानमा सबैजना जोडिन सकिने र आफुले सहयोग गर्न चाहेको रकम आफ्नै जिल्लाको कक्ष निर्माणमा सहयोग हुने धुर्मुसले बताए । साथै ३० हजार दर्शक क्षमताको रंगशालामा रहेको ३० हजार कुर्सीमा आफ्नै नाम , पितृको नाममा,आमा समूह को नाममा,महिला समूह को नाममा,टोल विकास संस्था को नाममा,सहकारी संस्था ,बैंक तथा वितिय संस्था को नाममा,उद्योग , विद्यालय ,क्याम्पस,लगायत विभिन्न साथी समुहको नाममा सुरक्षित गर्न सकिने पनि धुर्मुस बताउछन्।

प्रतिक्रिया