हत्याको विरोधमा प्रदर्शन

वीरेन्द्र रावल २०७७ माघ २७ गते २३:०५ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,

वैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडानम्बर ७ की १७ बर्षिया बालिका भागरथी भटट्को हत्यारा पत्ता लगाउन नसकेको भन्दै मंगलबार धनगढीमा विभिन्न विद्यालयका बिद्यर्थाीहरुले चर्का नारावाजी सहित धनगढी नगरमा प्रदर्शन गर्नुका साथ साथै विरोध र्याली सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री कार्यालयको गेटमा एक घण्टा नारावाजी समेत बिद्यार्थीहरुले गरेका छ्न।

सयौंको संख्यामा रहेका विद्यार्थीहरुले दोषीलाई तत्काल पक्राउ गरि कारवाही नगरेको खण्डमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। यसका साथ साथै विभिन्न संघ संस्थाहरुले पनि हत्यारको तत्काल खोजी गरि कारवाही गरिनु पर्ने माग सहित देश व्यापी विरोध प्रदर्शनहरु गरेका छन्।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया