संसद बिघटन बिरुद्ध ओर्लियो काठमाडौमा जनसागर

टंक पन्त २०७७ माघ ९ गते १६:४९ मा प्रकाशित


काठमाडौ । नेकपा प्रचण्ड नेपाल समुहले शुक्रबार काठमाडौमा ६२, ६३ को जनआन्दोलनको झल्को दिने गरी बिशाल जनप्रदर्शन गरेको छ ।

शहरका बिभिन्न ठाउबाट निस्किएको जुलुस रत्नपार्क पुगेर एकीकृत भएको थियो । जुलुस एकीकृत भएपछि भृकुटीमण्डप र बिधुत प्राधिकरण अगाडि मुल सडकमा पुगेर सभामा परिणत भएको थियो ।भृकुटीमण्डपतिरको बाटो , भद्रकाली र रत्नपार्क अगाडि सम्म प्रदर्शनकारी बसेर देखिने गरी दोबाटोमा मञ्च तयार गरिएको थियो ।

रत्नपार्क , भद्रकाली र रामशाहपथ प्रदर्शनकारी भरिएको भन्दै नेताहरुले ०६२ ,०६३ को जनआन्दोलनमा जसरी नागरिकहरु प्रतिगमन बिरुद्ध उत्रिएका थिए त्यसैगरी यस पटक संसद बिघटन बिरुद्ध जनसागर ओर्लिएको बताएका छन ।

सो जनसभालाई पार्टीका अध्यक्ष एबं पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री माधबकुमार नेपाल , पार्टीका बरिष्ठ नेता एबं पुर्बप्रधानमन्त्री झलनाथ खनाल, युवा नेता घनश्याम भुसाल, नेतृ पम्फा भुसाल लगायतका नेताहरुले संबोधन गर्र्दे प्रधानमन्त्री केपी शर्मा ओलीले सबिधान र शान्ति सम्झौता पनि भंग गर्न खोजेको आरोप लगाएका छन ।

अध्यक्ष प्रचण्डले आफुहरु शान्तिपुर्ण संघर्षमार्फत नै प्रतिगमनलाई घुडा टेकाएरै छोड्ने बिश्वासमा रहेको तर प्रधानमन्त्री ओलीले सबिधान बिघटन गर्ने बाटो समाइ सकेको र शान्ति सम्झौता समेत भंग गर्ने मनशायमा रहेको भन्दै खबरदारी गर्नु भएको छ ।

अर्का अध्यक्ष नेपालले प्रधानमन्त्री हिटलर शैलिमा गएको र सबिधान भन्दा माथि आफु नै भएको जस्तो गरी कार्यरत रहेको बताउनु भएको छ । उहाले आज उर्लिएको जनसागर  काष्टिङ मात्र भएको भन्दै प्रतिगमन नसच्चिए सम्म आन्दोलन नरोकिने चेतावनी दिनु भएको छ ।

प्रचण्ड नेपाल समुहको जनप्र्रदर्शनले सर्बोच्च अदालत, निर्बाचन आयोगलाई जनमत संसद बिघटनको बिपक्षमा रहको र निर्बाचन आयोगले बहुमत केन्द्रिय सदस्य भएको पार्टीलाई मान्यता नदिए राम्रो नहुने सन्देश दिएको बताइएको छ ।

प्रतिक्रिया