आइसिइद्वारा थुनामा परेकी टर्कीकी विद्यार्थी रुमेसा ओज़तुर्क आफ्नो बिश्वबिद्यालय फर्केकी छन् । उनले आफ्नो कानूनी मामला निरन्तर अघि बढाउने बताइन ।
उनले ६ हप्ताभन्दा बढी समय लुजियानामा आप्रवासन केन्द्रमा बिताइन । जहाँ उनको आफ्नो विद्यार्थी प्रवेशाज्ञा (भिसा) रद्द गरि पक्राउ गरिएको थियो। यस घटनालाई ओज़तुर्कका वकिलहरूले स्वतन्त्र अभिव्यक्तिको दमनको रूपमा वर्णन गरेका छन्।
बोस्टनमा फर्केर उनले शनिवारका दिन सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनिन्, “पछिल्लो ४५ दिनमा मैले मेरो स्वतन्त्रता र शिक्षासमेत गुमाएँ, यो मेरो पीएचडी(विद्यावारिधि) अध्ययनको एक अत्यन्तै महत्त्वपूर्ण समय थियो।” उनले थपिन्, “तर म सम्पूर्ण सहयोग, मित्रता र हेरचाहका लागि अत्यन्आतै भारी छु।”
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्यालेस्टिनी विचारधाराका कारण विदेशी विद्यार्थीलाई निशाना बनाउने कार्यलाई आलोचना गरिएको छ। उनले गाजामा इजरायलको युद्धलाई जातीय हत्या (जेनोसाइड)को रूपमा पहिचान गर्नको लागि टफ्ट्स विश्वविद्यालयको पत्रिकामा एक लेख लेखेकी थिइन्।
राष्ट्रपति ट्रम्पको प्रशासनले यस घटनामा उनलाई हमासको समर्थन गर्ने आरोप लगाएको थियो। ओज़तुर्कले कुनै गलत काम नगरेको र न्यायिक प्रणालीमा आफ्नो विश्वास रहेको बताएकी छन्।
उनको कानूनी संघर्ष अमेरिकाको भरमेन्टमा जारी छ भने लुजीयानामा आप्रवासन सुनुवाइहरू पृथक रूपमा अघि बढिरहेको अलजजिराले जनाएको छ ।
प्रतिक्रिया