सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट च्यात्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मन्त्रीको क्षेत्रमा बढी बजेट हुन नदिन सचेत गराउँदै त्यसो भए बजेट च्यात्ने अवस्था आउने चेतावनी दिएका हुन् ।
‘छिट्टै बजेट आउँदै छ । म माननीय मन्त्रीजीहरूलाई आग्रह गर्न चाहन्छु– मन्त्रीको क्षेत्रमा अलि धेरै, माननीयको क्षेत्रमा अलि कम भयो भने बजेट च्यात्ने अवस्था नआओस् । त्यो अनुरोध गर्न चाहन्छु,’ उनले भने ।
सांसद खतिवडाले बजेट ल्याउँदा मन्त्रीको क्षेत्रमा मात्र नभई सबै सांसदका क्षेत्रमा समानुपातिक ढंगले ल्याउनुपर्नेमा जोड दिए ।
‘म यति आग्रह गर्न चाहन्छु, नीति तथा कार्यक्रम राम्रो आएको छ । बजेट ल्याउँदा पनि त्यसलाई आधार बनाएर, केवल मन्त्रीहरूको आफ्नो क्षेत्रमा केन्द्रित नगरेर प्रतिनिधित्व गर्ने सबै सांसदका क्षेत्रमा समावेशी र समानुपातिक पद्धतिका आधारमा यो बजेट बाँड्ने प्रक्रियाको सुरुवात होस्,’ थप भिडियोमा
बेद प्रसाद घिमिरे
प्रतिक्रिया