प्रदेश सभा बैठक स्थगन

इनेप्लिज २०७७ माघ ७ गते २३:२६ मा प्रकाशित

विराटनगर,७ माघ।प्रदेश नं १ को प्रदेश सभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म बैठक स्थगन भएको छ।

प्रदेश सभाको सो अधिवेशनको पहिलो बैठक आज अपरान्ह २ बजेदेखि सञ्चालन हुने भनिएको थियो।सभामा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनु भएको थियो।

करिब २ः१० को समयमा शुरु भएको बैठक तीन मिनट पछि सभामुखले बैठक स्थगन भएको सूचना सभामा सभामुख भण्डारीले सुनाउनु भएको थियो।

प्रतिक्रिया