विराटनगर महानगरपालिकाले कोरोना एन्टिजेन टेष्ट परीक्षण शुरु

इनेप्लिज २०७७ माघ ६ गते २२:४३ मा प्रकाशित

विराटनर,६ माघ।विराटनगर महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रविधिको परीक्षण एन्टिजेन टेष्टको शुरुबात गरेको छ।

कोरोना भाइरसको नयाँ प्रकार सङ्क्रमण नेपालमा भित्रिएको पुष्टिसँगै महानगरपालिकाले नयाँ प्रविधि परीक्षण शुरु गरेको हो।

सङ्क्रमणको अवस्थावारे सचेत रहन स्वास्थ्य बिज्ञहरुले आग्रह अनुसार महानगर परिक्षणको शुरुबात गरको हो।

कोरोना सङ्क्रमण भए नभएको रिजल्ट द्रुत गतिमा रिपोर्ट हेर्न सकिने भएकाले पहिले जस्तो लामो समयसम्म परीक्षणको रिजल्ट पर्खनु पर्ने अवस्थामाबाट नागरिकहरु मुक्त हुने छन्।

यसबाट गरिएको परीक्षणको रिपोर्ट २० मिनट भित्र थाहा पाइने भएकोले धेरै मानिसलाई सेवा दिन सकिने विराटनगर महानगरका स्वास्थ्य निरिक्षक दिलिप यादवले जानकारी दिनु भयो।

महानगरका प्रमुख भीम पराजुलीको सोमबार साँझ परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ।

नगरबासीहरुलाई कोभिड सङ्क्रमण भएको आशंका लागेमा वडा स्थित स्वास्थ्य कार्यालय वा जनप्रतिनिधिहरुसंग सम्पर्क गरी परीक्षण गर्न सकिने व्यवस्था गरिएको छ।

विराटनगर महानगरले शुभारम्भ चरणमा नौ जनामा गरिएको टेष्ट परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको छ।

प्रतिक्रिया