रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा बिपक्षी नेता एलेक्से नाभाल्नीलाई रुस आउने बित्तिकै पक्राउ गरिएको छ । पुटिनले अर्को तमासा देखाएका छन । उनलाई रुसमा बिष लगाईएको थियो भन्दै उपचारको लागि जर्मनी गएका थिए ।
जर्मनबाटै उनले पुटिनको आलोचना गर्न हिचकिच्याएका थिएनन । उनि उपचार पछि रुस पुगे पछि रुसी प्रहरीहरुले उनलाई थुनामा राखेका छन् । ४४ बर्षिय नाभाल्नी आइतबार बिमानस्थलमा पुग्दा राहदानी नियन्त्रण अधिकारीले भेटेका थिए । उनि जर्मनीको बर्लिनबाट त्यहाँ आएका थिए ।
रुसी संघीय बन्दीगृह सेवाले उनले नियम उलंघन गरेकोले उनलाई थुनामा राखेको जनाएका छन । उनि भ्रष्टचारको व्यापक बिरोधि हुन् भने उनले यसको व्यापक बिरोध गरेका थिए । उनले आइतबार उनलाई थुन्नु भन्दा अगाडी यो मेरो घर हो भनि पत्रकारहरुलाई बताएका थिए ।
आफुलाई कुनै डर तथा भय नभएको बताएका थिए । उनि देश फर्कनु अगाडी उनलाई लामो कारागारमा राखिने छ भन्ने उनले पूर्व अनुमान गरेका थिए । उनि प्रहरीहरु संग जानु अगाडी आफ्नी पत्नी युलियालाई चुम्मा खाएर बिदा मागेका थिए । अधिकारीहरुले उनलाई सजाय दिने बारेमा अर्को महिना गर्ने जनाएका छन् ।
श्रोत : एनबिसिन्युज डटकम
प्रतिक्रिया