इटहरी उपमहानगरपालिका द्वारा न्यानो कम्वल तथा दाउरा वितरण

इनेप्लिज २०७७ माघ ४ गते १७:१४ मा प्रकाशित

विराटनगर,४ माघ।इटहरी उपमहानगरद्वारा वडा नं १७ को विपन्न वस्तिका सयजनालाई जाडोबाट वचावटका लागि न्यानो कम्वल तथा दाउरा आज वितरण गरिएको छ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा र वडाध्यक्ष भगवानलाल साहुले कम्वल वितरण गर्नुभयो। जाडोले सताएको वेला कम्वल वितरण गरेकोमा सर्वसाधारणले उपमहानगरलाई धन्यवाद ज्ञापन गरेका छन।

जाडोवाट प्रभावित अरु वडाको विपन्न वस्तिमा पनि आगामी दिनमा कम्वल वितरण गरिने वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिनुभयो। विगत केहि दिन देखि वढेको जाडोले सर्वसाधारणको जनजीवन कष्टकर बन्नुका साथै जाडोवाट वच्न आगो तापेर वाल्नका लागि उपमहानगरले चौक तथा आसपास तथा विपन्न वस्तिहरुमा दाउरा समेत वितरण गरेको छ।

प्रतिक्रिया