सार्थक पहल: परिवर्तन सम्भव छैन ?

देवि राम सन्याल २०७७ माघ ३ गते ४:१९ मा प्रकाशित

“एक वर्ष बाच्नु छ भने धान रोप,दश वर्ष बाच्नु छ भने रुख रोप,सय वर्ष बाच्नु छ भने शिक्षा रोप।” – चिनीयाँ भनाई

व्यक्तिको सर्वाङ्गीण विकास गर्दै समाजको अग्रगामी रुपान्तरणको माध्यम शिक्षाले समाजलाई एैना जस्तै प्रतिबिम्बित गरिरहेको हुन्छ।

भोलिका सम्भावनाहरू प्रस्फुटित गराइ विकास र समृद्धिको आधार शिक्षा प्रदान गर्ने स्थल
विद्यालय हो जसले प्रयाप्त पुर्वाधार बिना गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैन।

समस्या नै सम्भावनका खानी हुन । समस्या भित्रै रहने सम्भावनाहरू लाइ पहिचान गर्न नसक्दा हाम्रा विद्यालहरु दिर्घ रोगीको पर्यायको रुपमा स्विकारीएका छन। रुपान्तरणको ईच्छाशक्ति र जिम्मेवारी बोधको अभावले परिवर्तन गर्न सकीएको छैन।

स्थानीय तह र सरोकारवाला निकाय बाट सहयोग प्राप्त भएता पनि त्यो प्रयाप्त नभएकाले अछाम जिल्लाको कमल बजार नगरपालिका १ खिरीचौका स्थित श्री कालिका आधारभूत विद्यालयको पुर्वाधार विकास गरी शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ सहयोग अभियान सञ्चालन गरीएको छ।

पुर्णतया जिर्ण धुलो युक्त चिसो भुइँमा प्रष्टै सँग आकाश नियाल्न सकिने कक्षाकोठा बाट भविष्य नियाल्दै बस्ने अबोध बालबालिकालाई प्रयाप्त भौतिक पूर्वाधार सहितको वातावरणमा शिक्षा प्रदान गर्ने उद्देश्य बाट प्रेरित भई पदीय जिम्मेवारीका साथै अतिरिक्तले समर्पित भएको हुँदा सबैको सहयोले यो अभियान सफल हुने विश्वास छ।

सामाजिक सञ्जालमा सक्रिय अभियन्ता,नेपाल सरकारका पूर्व सचिव भिम उपाध्याय मार्फत सहयोगको अपिल गरेको केही दिनमै उल्लेख्य आर्थिक सहयोग प्राप्त भएको छ।स्वदेश तथा विदेशमा रहेका नेपालीले खुला हृदयले सहयोग गर्नु भएको छ।भारत,अमेरिका,जापान,अष्ट्रेलिया,बेलायत,कोरिया,अफ्रिका आदि देशहरूमा रहेका नेपालीबाट अभुतपुर्व सहयोग प्राप्त भएको छ।

डेस्क बेन्च निर्माण बाट सुरुवात भएको विद्यालयको पुनर्जागरको अभियान मार्फत छिट्टै २ कोठे भवन निर्माणको कार्यारम्भ हुदैछ।जसका लागि थप सहयोगको अपिल गर्दछौं।भौतिक पक्षको सुधार संगै शैक्षिक गुण स्तर सुधारको एक अर्को यात्राको सुरुवात भएको छ।हजारौं माइलको यात्रा पहिलो पाइला बाट सुरु हुन्छ भने झैं विद्यालय सुदृढीकरणको अभिनय सुरु भएको छ। विभिन्न व्यवधानका बावजूद सफल हुने विश्वास छ।

-देवि राम सन्याल

प्रतिक्रिया