नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने

समाचारदाता २०७७ माघ २ गते २१:५५ मा प्रकाशित

१५ जनावरी, २०२१, शुक्रबार ।

नेपाली साहित्यलाई विश्वमञ्चमा पुर्याउने उदेश्य अनुरुप काम गरिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ ।अक्टोवर, २०२१ मा गरिने उक्त सम्मेलनमा विश्वका बिभिन्न मुलुकबाट पचास र नेपाली पचास लेखक कविसहित करिव सय जना सर्जकको सहभागिता रहने छ ।
सम्मेलनका लागि अनेसास केन्द्रीय कार्यसमितिको बैठकले साहित्यकार एलबी क्षेत्रीलाई संयोजक तोकेको छ।साहित्यकार क्षेत्री अनेसासका सल्लाहकार पनि हुन्।यसैगरी बैठकले अनेसास नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीलाई सदस्य सचिव चयन गरेको छ।

सम्मेलनमा साहित्यिक कार्यक्रमका साथै नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ।कवि गोष्ठी,प्यानल डिस्कसन,कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा विदेशी लेखकलाई नेपालका पर्यटकीय स्थलको भ्रमण गराइने छ।

सम्मेलनलाई सफल पार्न मूल आयोजक समिति र विभिन्न तयारी उपसमितिहरू गठन गर्ने कार्य भइरहेको छ।सम्मेलन अनेसासको देखेको सपना मध्यको एक भएको बताउछन् अनेसास अध्यक्ष प्रकाश पौडेल माइला ।उनी भन्छन् -‘नेपाली भाषा साहित्यका अतिरिक्त कला र संस्कृतिलाई समेतलाई अन्तर्राष्ट्रिय जगतसँग परिचित गराउने यो हाम्रो एक अभियान हो।

धेरै अगाडिदेखिको अनेसासको सपना अव छिट्टै पूर हुने विश्वास छ।

प्रतिक्रिया