अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि कृति दर्ता गर्न विश्वभरिका नेपाली स्रष्टाहरुलाई आह्वान

इनेप्लिज २०७७ माघ २ गते २:५१ मा प्रकाशित

प्रथम प्रकाशन मितिः बिहिबार, जनवरी १४, २०२१

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा सन् २०२१ मा प्रदान गरिने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार तथा अन्य विभिन्न विधामा नेपाली भाषामा लेखिएका उत्कृष्ट पुस्तकहरुलाई प्रदान गरिने पुरस्कारका लागि यही जनवरी १६, २०२१ देखि पुस्तक दर्ता आह्वान गरिएको छ ।

सन् २०२१ मा विभिन्न विधाका सर्वोत्कृष्ट पुस्तकका लागि प्रमाणपत्रसहित तपसिलका पुरस्कारहरु प्रदान गरिनेछः

१.     अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार                                           अमेरिकी डलर २०००÷–

२.     अनेसास राष्ट्रकवि स्व. माधव घिमिरे सर्वोत्कृष्ट काव्य पुरस्कार           अमेरिकी डलर १५००÷–

३.     अनेसास होमनाथ सुवेदी सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कार            अमेरिकी डलर १२००÷–

४.     अनेसास स्व. दिल÷लीला बस्नेत सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार      अमेरिकी डलर ११००÷–

५.     अनेसास सत्यमोहन जोशी संस्कृति पुरस्कार                                     अमेरिकी डलर १०००÷–

६.     अनेसास डा. श्याम कार्की÷इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार        अमेरिकी डलर १०००÷–

७.     अनेसास स्व. डा. डिल्लीराम तिम्सिना स्मृति सर्वोत्कृष्ट उपन्यास पुरस्कार   अमेरिकी डलर १०००÷–

८.     अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार                                अमेरिकी डलर १०००÷–

९.     अनेसास स्व. सीता शर्मा सर्वोत्कृष्ट दर्शन÷नाटक÷समालोचना पुरस्कार       अमेरिकी डलर १०००÷–

१०    अनेसास लक्ष्मण सत्याल स्मृति सर्वोत्कृष्ट गीतगजल÷हाइकूमुक्तक पुरस्कार अमेरिकी डलर ५००÷–

११.    अनेसास सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार                                       अमेरिकी डलर ५००÷–

लेखकहरुले तपसिलका शर्तहरु हुने गरी पुस्तक दर्ता गर्नुहुन सादर अनुरोध गरिन्छ ।

१.     पुस्तकहरु नेपाली भाषामा लेखिएको हुनुपर्नेछ ।

२.     सन् २०१९ जनवरी १ देखि सन् २०२० डिसेम्बर ३१ (वि.सं. २०७५ साल पुस १७ देखि वि.सं. २०७७

पुस १६) सम्म पहिलो पटक प्रकाशित पुस्तकहरुमात्र प्रतियोगितामा समावेश गर्न पाइनेछ ।

नेपाली पात्रोअनुसार प्रकाशित भएको वा अरू देशमा अरू देशको सम्बतअनुसार प्रकाशित भएको भए पनि इस्वी सनमा बदल्दा उक्त समयसीमाभित्र हुनुपर्नेछ ।  पुस्तक प्रकाशनको मिति अस्पष्ट भएको अवस्थामा उक्त पुस्तक प्रकाशन÷विमोचन भएको समाचार स्थानीय अखवारमा छापिएको प्रमाण पेश गर्नुपर्नेछ । प्रकाशन अवधि अस्पष्ट भएमा त्यस्तो पुस्तक मूल्याङ्कनका लागि प्रतिस्पर्धी हुनेछैन ।

३.     प्रकाशित पुस्तकको विधा (कविता, कथा, नाटक, उपन्यास, निबन्ध, समालोचना आदि)प्रस्ट खुलेको हुनुपर्नेछ ।

४.     पुस्तक आवरणसहित कम्तीमा ६४ पृष्ठको हुनुपर्नेछ ।

५.     लेखक÷प्रकाशकले पुस्तक दर्ता गराउँदा ४ प्रति पुस्तक दर्ता गराउनुपर्नेछ । तल ७ नंं मा समावेश भएको ठेगानामा पुस्तक पठाउँदा हुने हुलाक खर्च स्रष्टा आफैँले व्यहोर्नुपर्नेछ ।

६.     आफूले दर्ता गरेको पुस्तक कुन पुरस्कारका लागि दर्ता गरिएको हो प्रस्ट खुलाउनुपर्नेछ ।

७.     पुस्तक यही जनवरी १५ देखि फेब्रुअरी २८ भित्रमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डीसीमा आइपुग्नका लागि तपसिलको ठेगानामा पठाउन सकिनेछः

International Nepali  Literary Society

C/o Shiva Lamichhane

7887 Blue Gray Cir

Manassas VA, 20109

अथवा, नेपालमा रहेका लेखकहरुले अनेसासको नेपाल शाखामा सीधै चारप्रति पुस्तकहरु खामबन्दी गरी बुझाउन सक्नुहुनेछ । यसका लागि नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहाडीज्यूसँग सम्पर्क गर्नुहुन अनुरोध छ । फेब्रुअरी २८ पछि नेपाल च्याप्टर वा अमेरिकामा प्राप्त हुने पुस्तकहरु प्रतियोगितामा समावेश
हुनेछैनन् ।

८.     माथि २ नं मा उल्लेख भएको मितिभन्दा अगाडि प्रकाशित भएका पुस्तकहरु वा पुरानो मितिमा प्रकाशित भएर माथि २ नं मा उल्लेख भएको मितिभित्र पुनः मुद्रण भएका पुस्तकहरु पनि प्रतियोगितामा समावेश हुनेछैनन् ।

९.     कसैको पुस्तकको नक्कल गरेको वा हुबहु सारेर प्रकाशित पुस्तकहरु प्रतियोगितामा समावेश गरिनेछैनन् ।

१०.    पुरस्कार समितिका अध्यक्ष, सदस्यहरु, बोर्ड अफ ट्रस्टी कार्यसमितिका पदाधिकारीहरु, अनेसासका सल्लाहकारहरु, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु तथा माथि उल्लेखिन सबै पदाधिकारीका श्रीमान्÷श्रीमती तथा छोराछोरीले पुरस्कारका लागि पुस्तक दर्ता गर्न पाउनेछैनन् । साथै मूल्याङ्गन समितिमा छनौट भएका व्यक्तिहरु तथा उनका श्रीमान्÷श्रीमती र छोराछोरीले पनि पुरस्कारका लागि पुस्तक दर्ता गराउन
पाउनेछैनन् । कुनै छद्म नामबाट कसैले पुस्तक दर्ता गराएको पाइएमा र प्रमाणित भएमा त्यस्ता पुस्तकहरु पुरस्कृत भइसकेको भए पनि पुरस्कार रद्द गरिनेछ ।

११.    पुस्तकको मौलिकतामाथि कुनै विवाद आएका अवस्थामा छानविनमा प्राप्त तथ्यले त्यस्तो पुस्तक कुनै कारण पुरस्कृत हुन योग्य थिएन भन्ने प्रमाणित भएमा घोषित पुरस्कार पनि रद्द गरिनेछ । यस्तो अवस्थामासोही विधामा मूल्याङ्कनमा दोस्रो स्थानमा परेको पुस्तकलाई पुरस्कृत गरिनेछ ।

१२.    प्रवासमा बसेर लेखेका लेखकका पुस्तकलाई भनी छुट्याइएको पुरस्कार (डायस्पोरा पुरस्कार) नेपालमा बसेर लेखिरहेका लेखकका कृतिलाई प्रदान गरिनेछैन ।

१३.    एकै स्रष्टाले एकभन्दा बढी विधामा माथि तोकिएको मितिभित्र प्रकाशित भएका एकभन्दा बढी पुस्तकहरु दर्ता गराउन सक्नेछन् । कुनै विधामा विगतमा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट पुरस्कृत भइसकेका स्रष्टाले सोही विधाका लागि यसपटक पुस्तक दर्ता गराउन पाउनेछैनन् ।

१४.    बालसाहित्य अन्तर्गतका पुस्तकहरु १८ वर्षभन्दा मुनिका लेखकले लेखेको पुस्तकलाई प्राथमिकता दिइनेछ । बालसाहित्यकारका पुस्तक प्राप्त नभएमा वा स्तरीय नभएमा युवा वा वयस्क साहित्यकारले दर्ता गराएको पुस्तकप नि मूल्याङ्कनमा राखिनेछ । बालसाहित्यसम्बन्धी विषयवस्तु नभएका, मौलिक विषयवस्तु नभई नीतिकथामा आधारित भएर लेखिएका कृतिहरु पुरस्कारका लागि मूल्याङ्कनमा राखिनेछैन ।

१५.    अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाज बोर्ड अफ ट्रस्टी, पुरस्कार समितिले गठन गरेको तीन सदस्यीय समितिले गोप्य रुपमा पुस्तकहरुको मूल्याङ्कन सम्पन्न गर्नेछ

१६.    पुरस्कृत उत्कृष्ट पुस्तकहरुको नतिजा २०२१ को जुलाई महिनामा वासिङ्टन डीसीमा आयोजना हुने भानुजयन्तीका अवसरमा सार्वजनिक गरिनेछ । पुरस्कृत पुस्तकको नतिजा भानुजयन्तीमा घोषणा भइसकेपछि पनि पुरस्कार वितरण हुने दिनसम्म मूल्याङ्कनकर्ताको परिचय गोप्य राखिनेछ ।

१७.    पुरस्कृत घोषित पुस्तकका स्रष्टाहरुलाई नोभेम्बर २०२१ मा वासिङ्टन डीसीमा आयोजना गरिने विशेष पुरस्कार वितरण समारोहमा पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।

१८.    अमेरिकाबाहिरबाट पुरस्कृत लेखकका लागि अमेरिका आउने भिसा प्रव्रिmयाका लागि अनेसासले सम्बन्धित देशमा रहेका अमेरिकी दूतावासमा पत्राचार गर्नेछ ।

१९.    पुरस्कार ग्रहण गर्न अमेरिका आउनेजाने हवाईजहाजको टिकट खर्च पुरस्कृत स्रष्टा आफैँले व्यहोर्नुपर्नेछ ।

२०.    लेखकहरुका लागि अनेसासको वेभसाइटमा राखिएको पुस्तक दर्ता गर्ने फाराममा उल्लेख भएको विवरण भरी लेखकहरुले सीधै तलको इमेलमा पठाउनुपर्नेछ ।

इमेलः [email protected]

२१.    पुस्तक दर्ताका व्रmममा कुनै जिज्ञासा भएमा वा समस्या परेमा माथि १६ मा उल्लेख भएको इमेलमा सम्पर्क गर्नुहुन अथवा पुरस्कार समितिका अध्यक्ष प्रा. डा. गोपी उप्रेतीको इमेल [email protected]  मा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।

पुरस्कार समिति ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टी

प्रतिक्रिया