विराटनगर,१माघ।विराटनगरमा जारी अन्तर विद्यालय स्तरिय क्वीज प्रतियोगितामा ६ वटा विद्यालय फाईनलमा प्रवेश गरेका छन्।
विराटनगर जुनियर जेसिजको आयोजनामा वीरेन्द्रसभा गृहमा जारी २५ औं अन्तर विद्यालय स्तरिय जेसिज टेष्टि टेष्टि क्वीज प्रतियोगिताको पहिलो खेलबाट विराटनगरको वीकेभिएम र जेम्स इन्टरनेशनल स्कुल र सुनसरी तरहराको शहिद स्मृति स्कुल फाईनलमा पुगेको हो।दोश्रो खेलबाट विराटनगरको एभरेष्ट मावि र मार्टस स्कुल र सुनसरी इटहरीको लिटल फ्लावर फाईनलमा प्रवेश गरेका हुन।
प्रतियोगिताको उपाधिका लागि भोलि ६ वटा विद्यालयवीच प्रतिष्पर्धा हुने विराटनगर जुनियर जेसिज बर्ष २०२० का अध्यक्ष अंकित थापाले बताउनुभयो। फाईनल खेल विहान ११ वजेबाट शुरु हुने उहाँले बताउनुभयो।प्रतियोगितामा मोरंग र सुनसरीका सामुदायिक र संस्थागत गरि २० वटा विद्यालय सहभागिता जनाएका छन्।
प्रतियोगिताको क्वीज मास्टरका रुपमा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठ र पुर्वअध्यक्ष सन्दिपदास श्रेष्ठ रहनु भएको छ।अन्तर विद्यालय स्तरिय जेसिज टेष्टि टेष्टि क्वीज प्रतियोगिता २४ बर्षदेखि विराटनगर जुनियर जेसिजको आयोजनामा टेष्टि टेष्टि विस्कुटको प्रायोजनमा वीरेन्द्रसभा गृहमा सञ्चालन हुँदै आएको छ।
प्रतिक्रिया