परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न हेल्पलाइन नम्बर ११४३ सुचारु भएको जानकारी दिन पाउँदा सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाललाई खुशीको महशुस भएको छ ।
काठमाडौं : परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु गरेको छ।परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा पाउनका लागि तपाई केबल यी चार अंकको दूरीमा हुनुहुन्छ ।
सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ।यस्ता सेवाहरूले संयोगले नभई रोजाईले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ।हाम्रो ११४३ हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाईमा प्रजनन् सम्बन्धि निर्णय लिन सहयोग गर्दछ।
सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापित मेरी स्टोप्स् इन्टरनेसनलको नेपालका लागि समर्पित संस्था हो।
११४३ ले “म तिमीलाई प्रेम गर्छु” भन्ने बुझाउँछ।यसले प्रियजनहरू प्रति रहेको तपाईंको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई प्रतिको तपाईको साथलाई पनि जनाउँछ।
११४३ मा तपाईले हाम्रो मेरी साथी काउन्सेलरहरूसँग कुरा गर्न सक्नुहुन्छ र वहाँहरूले तपाईलाई प्रजनन् सम्बन्धि रोजाईका बारेमा मार्गनिर्देशन दिनुहुनेछ।हाम्रो “मेरी साथी” ले सन् २०११ देखि परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । यी सेवाहरू हरेक दिन बिहान ७ बजे देखि राती १२ बजे सम्म खुला रहनेछ।
मेरी स्टोप्स नेपालको बारेमा
सुनौलो परिवार नेपाल सन् १९९४ मा स्थापना भएको गैर सरकारी संस्था हो।सुनौलो परिवार नेपालले मेरी स्टोप्स् नेपालको साझेदार संस्थाको रुपमा विभिन्न कार्यक्रमहरू संचालन गर्दछ।यस संस्थाले नेपालका युवा र वयस्कका यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धित विभिन्न आवश्यकताहरू पूरा गर्न विस्तृत रुपमा सेवाहरू प्रदान गर्दछ।
ईच्छा विपरीत हुने जन्महरू रोक्नका लागि सुनौलो परिवार नेपालले सुलभ मूल्यमा गुणस्तरीय सेवाहरूको पहुँच बढाउँदै आएको छ । साथ साथै यस संस्थाले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतना र बुझाई बढाउन विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ।सुनौलो परिवार नेपालले पैरवीमा आधारित कार्यक्रमहरू अघि सार्र्दै खास गरी सीमान्तकृत तथा पहूँचमा नभएका जनसंख्याका साथै सन्पूर्ण व्यक्तिहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि मौलिक अधिकार प्रयोग गर्न सहयोग गर्दछ।
प्रतिक्रिया